Search

पर्यटकको प्रमुख आकर्षक गन्तव्य तालपोखरा

पर्यटकको प्रमुख आकर्षक गन्तव्य तालपोखरा

बाँपीझ्याला, काठमाण्डौं । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यासमेत वृद्धि हुँदै गएको छ । फेवा तालको झल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो ।

तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रूपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाबाट अवलोकनको लागि पर्यटकहरू पुग्ने गरेका छन् ।

स्थानीय नगर सरकारलेसमेत पर्यटन प्रवद्र्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउनु हुन्छ ।

तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा समन्वय गरेर अगाडि बढे विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्नेसचिव सापकोटाको भनाइ छ । उहाँले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भि र्‍ययाउन टेवा पु¥याउने बताउनु भयो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!