Search

भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला

भोलि बिहान ५ बजेदेखि बालगोपालेश्वर मन्दिर खुला

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुला हुने भएको छ । दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!