Search

तिहार झिलिमिली बत्ती र फूलको पर्व

तिहार झिलिमिली बत्ती र फूलको पर्व

बाँपीझ्याला, काठमाण्डौं ।
तिहारसँगै उपत्यकाका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ ।

धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहार झिलिमिली बत्ती र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेल्दै मनाइने चाड हो, तिहार । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिँगारिन्छ ।

अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ । जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरु रंगिन छन् । बजारमा सामान किन्ने र बेच्नेको भीड देख्दा तिहार आइसकेको भान हुन्छ ।

तुलनात्मक रुपमा सामान्य दिनको तुलनामा तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ । देशैभरीको विद्युत खपत र मागको दरलाई हेर्दा पूर्ण प्रतिशतको करिब ४० प्रतिशतमात्र काठमाडौँ एक्लैले गर्ने देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!