Search

भोलीदेखि टेलिकमको ग्रुप एसएमएस अफर संचालनमा

भोलीदेखि टेलिकमको ग्रुप एसएमएस अफर संचालनमा

बाँपीझ्याला, काठमाण्डौं । नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले कात्तिक ८ गते अर्थात मंगलबारदेखि संचालनमा ल्याउन लागेको हो ।

कात्तिक २१ गतेसम्म रहने उक्त अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ ।

त्यसैगरी २ हजार ५ सय रुपैयाँमा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र ५ हजार रुपैयाँमा १० दिन भित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि ग्रपएसएमएस डट एनटीसी डट नेट डट एनपीमा लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!