Search

आज सत्ता गठबन्धनको संयुक्त भेला

आज सत्ता गठबन्धनको संयुक्त भेला

बाँपीझ्याला, काठमाण्डौं । चुनावी प्रचार अभियानमा सक्रिय रहेको पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा प्रदेशस्तरीय भेला गर्दैछ । ४ कात्तिकबाट सुरु भएको गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ । आज भने काठमाडौंमा अन्तिम भेला हुँदैछ ।

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ भइरहेको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
गठबन्धनले आइतबार मात्र सुर्खेत र धनगढीमा प्रदेशस्तरीय भेला आयोजना गरेको थियो । एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला भएको थियो । ५ कात्तिकमा कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!