Search

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

४ कात्तिक, बाँपीझ्याला, काठमाडौं । गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले राति ९ बजेसम्म मात्र देउसी भैलोका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

पटका, आतिशवाजी, झिरझिरे, भूइँचम्पा, पटका जस्ता विष्फोटक पदार्थ प्रयोगलाई पनि प्रशासनले निषेध गरेको छ । त्यस्ता पदार्थ निकासी, ओसार प्रसार र बिक्री वितरण गरेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले चेतावनी दिएका छन् । जुवातास खेलेको पाइएमा पनि कानूनी कारबाही गरिने उनले चेतावनी दिएका छन् ।

‘बजारमा अखाद्य रंग मिलाएका खाद्य पदार्थ उत्पादन र म्याद गुज्रिएका कमसल खाद्य वस्तु बिक्री वितरण नगर्न पनि भनेका छौ,’ प्रजिअ आचार्यले भने, ‘तोकिएको भन्दा बढी मूल्न नलिन पनि सचेत गराएका छौं ।’ सार्वजनिक सवारी साधानहरुमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु नराख्न पनि भनिएको छ । ‘यी सबै कुरामा हामीले सचेत गराएका छौं, निगरानीसँग अनुगमन पनि बढाउछौं, त्यस्तो भेटिएमा कारबाही गर्छाै,’ प्रजिअ आचार्यले भने ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!