Search

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको फूल बेच्ने गाउँमा यसवर्ष फुलेन सयपत्री

३१ असोज, बाँपीझ्याला, काठमाडौं । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।

यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल नफुल्दा किसानहरु मारमा परेका वडा अध्यक्ष विकास घिमिरेले जानकारी दिए । किसानहरुको फूल खेतीमा लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको व्यवस्था गरेर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार गाउँमा फूल राम्रो उत्पादन भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुनः किसान पारम्परिक खेतीमा फर्किएका थिए । किसानले गाउँभरी लगाएका फूल समसमै नफूल्दा समस्यामा परेको लाँकुरे गाउँका २५ वर्षीय नवीन मल्लले जानकारी दिए । गतवर्ष पाँच रोपनीमा फूल लगाएर एक लाख ५० हजारमा बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएको फूल भर्खर मात्र फूल्न थालेका छन् । मल्लको जस्तै उक्त गाउँमा ५० भन्दा बढी किसानले लगाएको सयपत्री फूल नफूलेपछि तिहारमा फूल अभाव हुने देखिएको उनले बताए ।

‘जम्मा तिहारमा लक्ष्मी पूजाको एक दिन फूल व्यापार हुन्छ । यो फूल तिहारमा बेच्नेगरी नफुल्ने भो । अब सबै उखालेर फ्याँक्नुपर्ला’, मल्लले भने । मल्लको जस्तै सिलिङ्ग्वा टोलका ५३ वर्षीय राजकुमार राईले चार रोपनीमध्ये दुई रोपनीमा लगाएको सयपत्री फुलेको छैन । अगाडि लगाएको फूल अधिक वर्षाको कारण बिग्रिएको र पछि रोपेको फूल फूलेको छैन । ‘अब काटेर बाख्रालाई घाँस खुवाउने’, राईले भने ।

यस्तै १ रोपनीमा फूल रोपेका स्याउलेका राधादेवी घिमिरेले गाउँमा किसानले लगाएको फूल कसैको पनि नफूलेको जानकारी दिए । छोरालाई भनेर फूल फूलाउने औषधि लगाए पनि तिहारमा फूल्ने छाँट नभएको उनले बताए । ‘दशैंमा फूलेको भए तिहारसम्म पुग्थ्यो होला ! तर यो पाली तिहार छिटो आएर पनि फूल नफूल्ने भयो’ उनले भनिन् ।

जिल्लामा हाल सयपत्री फूलको व्यवसायिक खेती नभएको र मौसमी खेती मात्र हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जलवायु परिवर्तनका कारण मौसम परिवर्तन र कृषि क्षेत्रमा प्रयोग हुने अधिक विषादीका कारण समयमै फूल नफूलेको हुनसक्ने कार्यालय प्रमुख नगेन्द्रबहादुर राणाले जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!