Search

प्रतीक्षित फिल्म ‘नाइँ नभन्नू ल ६’को छायांकन विहिबारदेखि सुरु हुने

प्रतीक्षित फिल्म ‘नाइँ नभन्नू ल ६’को छायांकन विहिबारदेखि सुरु हुने

बाँपीझ्याला, काठमाडौं । प्रतीक्षित फिल्म ‘नाइँ नभन्नू ल ६’को छायांकन विहिबारदेखि सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयदेखि सुटिङ सुरु हुने जानकारी दिए । छायांकनपूर्व कलाकारको समीकरण पनि पुरा भएको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने भएका छन् ।

छैटौं श्रृंखलामा कथावस्तुमा हल्का फेरबदल भएको छ । बालकथासँगै तन्नेरीको प्रेमकथालाई पनि समावेश गरिएको छ । डेब्यु ब्वाय आशिर्वाद र आँचलबीचको रोमान्सलाई पनि समेटिने भएको छ । तिहार बिदाको अवसर पारेर काठमाडौंकै एक विद्यालयदेखि छायांकन सुरु हुने जानकारी निर्देशक आचार्यले दिए । ‘तिहार विदामा स्कुल पनि बन्द हुने भएकाले, सोही अवसरलाई छोप्न खोजेका हौं’ उनले भने ।

निर्देशक आचार्यसहित सामीप्यराज तिमिल्सेना र अरुणदेव जोशीले पटकथा लेखनमा सहकार्य गरेका छन् । प्रदर्शन मिति निश्चित नभैसके पनि निर्देशक आचार्यले आउँदो वर्ष प्रदर्शन हुनसक्ने सम्भावना रहेको बताए । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र संजय न्यौपानेले फिल्म गर्न लागेका हुन् । नाइँ नभन्नू लका अघिल्ला पाँचैवटा सिक्वेलहरु बक्सअफिसमा सफल भैसकेका छन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment