Search

उदयपुरमा अरिंगालले चिलेर एक युवाको मृत्यु

उदयपुरमा अरिंगालले चिलेर एक युवाको मृत्यु

३० असोज, बाँपीझ्याला, काठमाडौं । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिंगालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिंगालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिंगालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताउनुभयो । अरिंगालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिंगालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिंगाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिंगालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।

अरिंगालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिंगालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिंगालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिंगालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिंगालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!