बाँपीझ्याला, काठमाण्डौं । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।
उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको घटनास्थलमा रहेका पत्रकार सञ्जय चौधरीले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.