Search

अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक, नोभेम्बर ४ मा रिलिज हुँदै

अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक, नोभेम्बर ४ मा रिलिज हुँदै

बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ ।

चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् ।

‘मिली’ मा जान्हवी कपूर नर्सको भूमिकामा देखिनेछिन् । ‘मिली’ एक सर्वाइभल ड्रामा विधाको चलचित्र हो, जुन मलयालम चलचित्र ‘हेलेन’ को हिन्दी रिमेक हो । यस चलचित्रमा जान्हवी कपुरका अलावा मनोज पाहवा, बोनी कपुर र सन्नी कौशल पनि मुख्य भूमिकामा देखिनेछन् ।

विशेष कुरा के छ भने जान्हवी पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिने छिन् ।

जान्हवीको यो फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!