Search

तीन पांग्रे विद्युतीय सवारी नेपालमा भित्र्याउँदै एमएडब्लू

तीन पांग्रे विद्युतीय सवारी नेपालमा भित्र्याउँदै एमएडब्लू

बाँपीझ्याला, काठमाण्डौं । एमएडब्लू वृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको जानकारी दिएको छ ।

ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न लागिएको कम्पनीको भनाई छ ।

ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एंगेलियन ओमगा ग्रुप अफ विजनेसको सदस्य हो, जसले भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पाट्र्स निर्माणमा केन्द्रित छ ।

समूहले पछिल्लो ५ वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारी साधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालिले आफ्नो इन–हाउस आरएन्डडी सुविधामा थ्री व्हिलर सवारी साधनहरू आकर्षक डिजाइनमा विकास गरेको हो ।

कार्गाे सवारी साधनका लागि पूर्वको टेस्ला बन्नको लागि यो कम्पनी भारतको नयाँ दिल्लीमा प्यान एसिया ब्रान्ड निर्माण गर्ने परिकल्पनामा कम्पनी सुरुवात भएको कम्पनीको वेबसाइटमा उल्लेख छ । इलेक्ट्रिक थ्री व्हिलरवाट आफ्नो यात्रा सुरु गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!