Search

बालुवाटारका लागि डडेलधुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ : देउवापत्नी आरजु राणा

बालुवाटारका लागि डडेलधुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ : देउवापत्नी आरजु राणा

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले डडेलधुराका मान्छेले जति बालुवाटारमा अरुले पहुँच नपाउने दाबी गरेकी छिन्।

देउवाको मनोनयन पत्र दर्ता गर्न आइपुगेकी उनले बालुवाटारका लागि डडेलधुरा जादूको शब्द ‘खुल्जा सिमसिम’ रहेको बताइन्। उनले भनिन्, ‘डडेलधुराको मान्छे जति एक्सेस बालुवाटारमा कसैले पाउँदैन। डडेलधुरा म्याजिक वर्ड जस्तै हो। खुल्जा सिमसिम भन्नेबित्तिकै खुल्ने। म डडेलधुराको भन्नेबित्तिकै भित्र जान पाउँछ। काठमाडौंको बासिन्दाभन्दा डडेलधुराको बासिन्दाले धेरै गाउँ गाउँ वडा वडाका साथीहरुले भेट्न पाएका छन्।’

उनले देउवाले डडेलधुरा नै पुगेर भेट्नुपर्ने भन्ने नरहेको समेत बताइन्। उनले देउवा देश र गठबन्धन चलाउन व्यस्त रहेको जानकारी दिइन्। ‘यहीँ आएर भेट्नुपर्ने भन्ने छैन। प्रधानमन्त्री हो देश चलाउनुपर्‍यो। अहिले गठबन्धन चलाउनुपर्‍यो’, उनको भनाइ छ।

दिल, दिमाग र सोचविचारले देउवा डडेलधुरामै रहेको उनको दाबी थियो। भौतिक रूपले आफूहरु टाढा बसेपनि डडेलधुरालाई हेर्ने एउटा संयन्त्र सेटअप रहेको बताइन्।

उनले थपिन्, ‘म जति टाढा बसेपनि सेटअप छ। दिदीबहिनी बालबच्चा हेर्ने काम गरेका छौं। हामीले काम जत्ति पनि गरेका छौं। अरु जस्तो चुनावको बेला काटमार गर्ने अनि अरुबेला मुख नदेखाउने गर्दैनौं।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!