बाँपीझ्याला, काठमाण्डौं । पेड्रीको निर्णायक गोलको मद्दतले बार्सिलोनाले सेल्टा भिगोलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । समान अङ्क भए पनि रियल मड्रडिलाई गोल अन्तरले पछि पार्दै बार्सा शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
१९ वर्षीय खेलाडीले खेलको १७ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनको सोही गोल खेलमा निर्णाक बन्यो । यो सिजन उनको यो दोस्रो गोल हो । यसअघि शनिबार गेटाफेलाई हराउँदै रियल शीर्ष स्थानमा उक्लेको थियो । दुवै टोलीले पहिलो ८ खेलमा ७ मा जीत तथा एक खेलमा बराबरी गरेका छन् । अर्को आइतबार दुई टोली सिजनको पहिलो एल क्लासिकोमा भिड्दैछन् ।
Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.