Search

प्रतिनिधी सभा र प्रदेश सभामा कुल कति जना उम्मेदवार ?

प्रतिनिधी सभा र प्रदेश सभामा कुल कति जना उम्मेदवार ?

बाँपीझ्याला, काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ। एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन्। जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन्।

प्रदेश सभातर्फ २ हजार ६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २ हजार ८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ। आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो। अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ। सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन्।

यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन्। आयोगका अनुसार प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन्।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!