बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा एमाले उम्मेदवार दर्ता गराएका छन् । पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय पार्वत गुरुङ र आनन्दप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि नेता बालकृष्ण शिवाकोटी, बागमती प्रदेशसभा तर्फ (क) मा नेता नर बहादुर श्रेष्ठ र (ख) मा भीमेश्वर नगरपालीकाका पूर्व मेयर भरत बहादुर केसीले मनोनय दर्ता गराएका छन् ।
दोलखामा एमालेले यसपटक तीनै जनालाई पहिलो पटक नयाँ अनुहार उम्मेद्वार बनाएको हो । उम्मेदवारी दर्ता गराउन नेताद्वय पार्वत र आनन्दसहित पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेद्वार इश्वरी रिजाल, केन्द्रीय सदस्यहरु रचना खडका, सरस्वती बस्नेतलगायतका नेता कार्यकर्ताहरु निर्वाचन कार्यालय पुग्नुभएको थियो ।