Search

मनाङमा बिहीबार हिमपात, सर्तकता अपनाउन जिल्ला प्रशासनको अनुरोध

मनाङमा बिहीबार हिमपात, सर्तकता अपनाउन जिल्ला प्रशासनको अनुरोध

बाँपीझ्याला, काठमाण्डौं । मनाङमा बिहीबार हिमपा त भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो ।

मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वर्षासँगै उच्च भेगमा हल्का हिमपात भएको छ ।

ती दुई गाउँपालिकाका बस्तीमा समेत सामान्य हिमपात भएको उनले जानकारी दिए । “वर्षासँगै सामान्य हिमपात भएको हो । जनजीवन नियमित छ, प्रभावित भएको छैन,” उनले बाह्रखरीसित भने ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले पर्यटक, पदयात्रीलाई मौसम र बाटोको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । स्थानीयलाई समेत सतर्कता अपनाउन भनिएको प्रजिअ आचार्यले बताए ।


“पर्यटक, पदयात्री कोही अलपत्र परेको भए प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयमा सम्पर्क गर्न हामीले भनेका छौँ,” उनले भने ।

प्रशासनले सम्बन्धित कार्यालय र सरोकारवालालाई पूर्वसतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!