Search

सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार

सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार

बाँपीझ्याला, काठमाण्डौं । सत्ता गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् । अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताए ।

गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

प्राथमिकतामा परेन लोसपा
मधेसको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले हालै मात्र एमालेसँग वार्ता गर्न भनेर टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् ।

उनीहरुका अनुसार सत्ता गठबन्धन कायमै रहने हो भने लोसपासँग तालमेल गर्दा परिणाम खासै परक पर्नै देखिएन । सिट भने लोसपाले धेरै मागेको छ । ‘महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरुलाई छाड्न सकिन्छ, तर सबै नेता व्यवस्थापन गर्न सक्दैनौं’ एमालेका एक नेता भन्छन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment