Search

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !

दसैंको टीका ! अतीतको लेखाजोखा अनि प्राचिन शहर दोलखा !
बालकृष्ण श्रेष्ठ पासा

आजको दिन दोलखाको दसैं एक विशेष खालको हुन्थ्यो त्यो बेला । जतिबेला म सानै थिएँ छ सात कक्षामा पढ्ने किशोर उमेरको । पोखरी छेउको डिलको पिपलको रुखमा पिङको डोरी झुण्ड्याइएको हुन्थ्यो । त्यसैगरी कोर्छेँको सेङ टोलमा चारवटा बाँसको खम्बा गाडेर लिङ्गे पिङ बनाइएको हुन्थ्यो । अलि तलको रास्कुल तलेजु भवानीको मन्दिरमा विशेष र्रौनक हुन्थ्यो । किनकि सो दिनमा एक त विचित्रको जात्रा हिपाथामीलाई स्वागत गर्दै दीप बालेर पूजा अर्चना गर्ने कार्यक्रम हुन्थ्यो ।

त्यतिबेलाको हिपाथामीको कुरा यो मानस्पटलमा घुम्दा अभैm पनि यो मन रोमाञ्चित भएर आउँछ, भीमसेन थान नजिकैको पुरान्छेँको आँगनमा सानो गोठ जस्तो बनाएर थामी समुदायका समूह आएर बसेका हुन्थे । केही थामीका मूल गुरुहरु कामिरहेका हुन्थे । साथमा त्यस दिनका मूल पात्र हिपाथामी ( रगत थाप्ने व्यक्ति) दुईजना आफ्नो अन्तर अंग मात्र लंगौटीले छोपिएको र अन्य अंग नाङ्गो अवस्थामा कामिरहेको हुन्थे । त्यतिबेलाको त्यो जात्रामा अधिकांश पुरुष वर्गमात्र सम्मिलित हुने गर्थे । त्यो समयले शर्म सीमाको मर्यादाले समाजलाई बाँधिएको हुन्थ्यो ।

त्यही हिपाथामीको अनौठो जात्रा हेर्न हामी साथीहरू मिलेर द्यक्वार (स्थानीय भाषामा देवीकोटको मौलिक शब्द) त्रिपुरासुन्दरी मन्दिरमा तँछाड्मछाड गरेर भेला हुन्थ्यौं । त्यहाँ एउटा कलिलो उमेरको पाडोलाई बाँधिएको हुन्थ्यो, त्यही अबोध शिशु जस्तो पाडोलाई निर्मम तरिकाले छाला काढेर, ताछेर, भित्री नशा निकालेर त्यही नशा काटेर रगत छर्काएर त्यही हिपाथामीको अनुहारमा छर्केर पिलाएको अभिनय गराउनुपर्ने परम्परा।। उफ ! कति दयनीय।। ! सम्झीन्दा पनि मुटु नै सिरिङ्ग भएर आउँछ ।

त्यो अमूक प्राणी आफ्नो प्राणको लागि आर्तनाद गदैं।। ‘वाइँ।।वाइँ’ कराइ रहँदा पनि कसाइले आफ्नो धारिलो हतियार नबिसाइकन चलाइरहेकै हुन्छन् । यता हेर्ने दर्शकहरू चाहिँ ती अबोध प्राणीको छटपटाइलाई राक्षसको अन्त्य भएको सम्झेर आफ्नो राक्षसी व्यवहारलाई एक प्याला घुट्को र त्यसैको एक चोक्टा सितनमा रमाइलो चाड सम्झेर पिङ खेल्दै ‘चच।।हुईईई।।।’ गर्दै रमाएका मान्छेहरू देख्दा बुद्धिजीवि प्राणी पनि यस्ता हुन्छन् र भनेजस्तो लाग्थ्यो मलाई ।

फेरि त्यही हिपाथामी हुने पात्रलाई नै अपवादको रूपमा सम्झिने संस्कृति र संस्कार प्रेमिले आपूm त्यो भूमिकामा उत्रिएको भए के भन्दाहुन्, कस्तो सोच्दाहुन् भनेर तर्कना हुन्थ्यो । तर यो सामाजिक परिवेशमा परम्परा र संस्कृतिको नामले गाँजिएको समाजमा हिन्दूत्वको हिंसालाई परिमार्जन गर्न आवश्यक छ भनेर आवाज उठाउँदा पनि सामाजिक बहिष्कार गरिने जस्तो कुत्सित मनोभावलाई कसरी आवाज उठाउने त रु यहाँ सवाल धेरै उठ्रन सक्छ, तर सजग गर्ने निराकरणको मार्ग कसरी उर्जावान बनाउने भनेर सोच्न जरुरी छ ।

जब रास्कुलको तलेजु भवानी अगाडि त्यही हिपाथामी बनेका पात्रहरू पुग्थे, दर्शकहरू उत्तेजित भएर भिडमा ठेलमठेल गर्दै चारैतिरबाट त्यो दृश्य हेर्न लालायित हुनेगर्थे जुन दृश्यमा तलेजु भवानीका पूजारीले पूजा अर्चना गरेर दीप बालेर हिपाथामीलाई अर्पण गरिनुपर्ने तर त्यहाँ एउटा तमाशा जस्तै लाग्थ्यो, किनकि औपचारिकता भन्दा नि बढी नै दीपको मूठा बालेर दिने गर्थे त्यही बलेको दीपलाई एकै गाँसमा मुखमा हाल्ने गर्नुपर्ने हुन्थ्यो । उनीहरू परम्परालाई आत्मसात् गर्र्दै बलेको आगोको ज्वाला सहितको मूठालाई सहजै मुख बाएर भित्र हाल्थे । मेरो सरल हृदयले त्यो क्षणलाई पीडादायी ठान्थें र आपैmमा जलन भएको आभास पाउँथेँ । तर संस्कारको पर्खाल भित्र हाँडी भित्र पड्केको मकै सरी भुटुटुटु पड्किरहेको निःशब्द आवाजलाई सम्झेर त्यो दसैं मेरो मास्पटलमा घुमिरहेको छ ।

आज त्यही दसैँ ! त्यही टिका ! तर म परदेशमा छु, मस्तिष्क त्यही पुरान्छेँ, त्यही देवीकोट ९द्यक्वार० त्यही हिपाथामीमा अल्झिरहेको छ तर हिजोआज त्यो हिपाथामी जात्रा छैन । संस्कृति परम्परालाई निरन्तरता दिन सबैको साथ चाहिन्छ, बरु परिमार्जन होस् परम्परा नहटोस् भन्ने कामनाका साथ सम्पूर्ण दोलखाबासी लगायत विश्वभरि छरिएर रहेका दसैंप्रेमिहरूमा मेरो र बाँपीझ्याला मिडिया परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।।।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!