Search

दोलखा भीमेश्वरमा १ हजार ४ सय १७ बलि पूजा

दोलखा भीमेश्वरमा १ हजार ४ सय  १७ बलि पूजा

बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखा स्थित जिल्लाका बिभिन्न शक्तिपिठ मध्ये दोलखा भीमेश्वरमा १० गते घटस्थापनादेखी आज नवमीसम्म १ हजार ४ शय १७ बलिपूजा गरिएको छ । जसमा हासँ कुखुरा ६ सय ६५ वटा र बोका र भेडा ७ सय ५२ वटा रहेको छ भनी भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।

यसै गरी आजमात्र १ सय ९१ वटा हासँ कुखुरा र २ सय ३ वटा बोका भेडा गरी जम्मा ३ सय ९४ वटा बलिपूजा गरिएको जानकारी दिनु भयो ।
यसै गरी बलिपूजामा स्थानिय दोलखावासी र अन्य भक्तजनहरुको सुविधालाई ध्यानमा राखी लाईन फरक गरी सेवा प्रदान गरिएको थियो । तर हतार गर्ने भक्तजनहरुले भने उक्त नियम पालना गरिएको देखिएको थिएन भने नियमानुसार पूजा गर्ने भक्तजनहरुले आ–आफ्नो विधि र विधान अनुसार पूजा सम्पन्न गरिएको थाहा भएको छ ।

साथै स्थानिय दोलखावासीहरुको लागि आज ३१ वटा टिकट काटिएको थियो भनी अध्यक्ष श्रेष्ठले बनाउनु भयो । यसरी ३१ वटा कुपन अनुसार ३१ कुलको सहभागीता रहेको अनुमान गरिएको छ । कोभिड १९ को संक्रमणको तेश्रो बर्षमा बलिपूजा खुल्ला रुपमा छोडिएको भएतापनी कोभिड १९ को संक्रमण हुनु भन्दा पहीलाको बर्षहरुम जस्तो बलिपूजा नभएको समेत थाहा भएको छ ।

आज राती मध्यरातमा कालरात्री पूजा गर्ने परम्परा रहेको छ । यसै गरी उपत्यकाको हनुमान ढोका लगाएत भक्तपुर, ललिपुरका बिभिन्न शक्तिपिठहरुमा आ–आफ्नै विधि, बिधान र परम्परा अनुसार कालरात्री पूजा गर्ने परम्परा रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment