बाँपीझ्याला, काठमाण्डौं । सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त थिए । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उनका अनुसार काम सम्पन्न भई ठेकेदारले ज्याला दिँदैनन् ।
काठमाडौँ महानगरपालिकाले कालोपुल क्षेत्रमा पक्की पर्खाल निर्माण गर्न ठेक्कामा लगाएको थियो । त्यो काम सकेपछि मात्रै श्रमिक तामाङको ‘दशैँ’ आउँछ । उनले भने, “दशैँ आउँछ, पैसा नहुनेलाई तनावै बढाउँछ ।”
बिहान–बेलुका दुई छाक खानलाई दिनभरि श्रम गर्ने तामाङले ज्यालाबापत एक हजार तीन सय रुपियाँ पाउछन् । काम नभएका बेला दिनभरि त्यतिकै बस्नुपर्छ । उनले भने, “दशैँ आयो भनेर मात्रै हुँदैन । हामीलाई खर्च जोहो गर्न ऋण नै खोज्नुपर्छ । चाडबाड आउँछ, ऋण बढाएर जान्छ ।”