बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखामा आज असोज १५ गते जेष्ठ नागरिक अन्तर्राष्ट्रिय दिवस र विजया दशमी, दीपावली, नेपाल सम्वत् ११४३ र छठपर्वको अवसर पारेर जेष्ठ नागरिक सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
यसै गरी उक्त कार्यक्रममा नेपालीहरुको महान चाड बडादशैं, दीपावली २०७९, नेपाल सम्वत् ११४३ र छठपर्वको उपलक्ष्यमा भीमेश्वर नगरपालीका वडा नं. २ का वासिन्दाहरु विच शुभकामना आदानप्रदान कार्यक्रम गरी राष्ट्रिय झण्डा पुजा गरिएको छ ।
करिव एक सय जना वडावासीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरु मध्ये भीमेश्वर नगरपालीका वडा नं. २ नेगलका जेष्ठ नागरिक आदरणीय बर्ष १०५ विणा तमाङ्ग, गगरलुङा घर भई हाल माने निवासी आदरणीय बर्ष ८५ का अमर बहादुर श्रेष्ठ र छोवो निवासी आदरणीय बर्ष ८५ का अमृत बहादुर श्रेष्ठलाई दोसल्ला ओडाई नगद रु. ५÷५ शय र नेगल निवास विणा तमाङलाई वडाध्यक्ष स्टालिन श्रेष्ठको तर्फबाट एकहजार सहित सम्मान गरिएको थियो भनी वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
भीमेश्वर नगरपालीकाका उप–प्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यमा संचालन भएको उक्त चियापान कार्यक्रम वडाध्यक्ष स्टालिन श्रेष्ठको सभापतीत्वमा सम्पन्न भएको हो ।
यसरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक, बडा दशै, दीपावली २०७९, नेपाल सम्वत् ११४३ र छठपर्वको अवसर पारेर सम्पन्न गरिएको जेष्ठ नागरिक सम्मान र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा पाल्नु हुने सम्मानित जेष्ठ नागरिकज्यूहरु, निबर्तमान वडाध्यक्ष विराजमान श्रेष्ठ, बिभिन्न पेशा, व्यवयसाय र क्षेत्रमा आवद्ध हुनु भएका वडावासीज्यूहरु लगाएत नगर उप–प्रमुख कमला बस्नेतज्यू प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद दिएको छ भनी वडाध्यक्ष एवं कार्यक्रमका सभापती स्टालिन श्रेष्ठले बताउनु भयो ।