आदरणीय सम्पूर्ण पाठकवृन्द तथा शुभचिन्तकहरूमा हार्दिक अभिवादन ! स्याउदाइ ! ज्वजोलपा ! नमस्कार ! दर्शन ! जदौ ! फ्यापूmला ! टासि डेलेक ! सेवारो !!
दोलखाको नेपाल (नेवारी) भाषा, संस्कृति, सम्पदा र परम्परालाई हामीले पूर्ण रुपमा टेवा दिन नसके पनि शब्दको साक्षरता र चेतनाको माध्यमले सबैको ध्यान दोलखाको मौलिकता तर्फ आकर्षित पार्न अथक प्रयास गर्दागर्दै २३ औं बसन्त पार गर्न सफल भई २४ औं बसन्तमा पुग्न सफल भएका छौं । यो सफलता मात्र यात्रामा सिमित भएको छ । यसैगरी बाँपीझ्याला डटकम अनलाईन पत्रिका दोश्रो बर्ष पुरा गरी तेश्रो बर्षमा प्रवेश गरेको छ । अभैm धेरै खुड्किला पार गर्न साहित्यका जंघार तर्न बाँकी नै छ । पौराणिक शहर दोलखाको इतिहासको गहिराइमा पुगेर त्यस धरातल भित्र अदृश्य भएर लुकेका मोतीलाई टिपेर संसार सामु दर्शन गराउन कैयन आरोह अवरोहलाई सम्हाल्ने कोशिशमा अनवरत लागि रहेका छौँ । हामीले हाम्रो दोलखा भनेर यो बाँपीझ्याला अनलाइन मिडियाको माध्यमबाट केवल भीमेश्वर नगरपालिकाको वडा नं. २ मा मात्रै सिमित भएका छैनौं ।
दोलखाका प्रत्येक नगरपालिका र गाउँपालिकाका रीतिरिवाज, धर्म, संस्कृति, परम्परा र प्रकृतिबारे पनि अनुसन्धानात्मक प्रक्रियालाई पनि उजागर गर्ने माध्यम होस् भनेर बेलाबेलामा सबैलाई सुसूचित गरेर आँगनमा बिस्कुन सुकाए भैंm यो धरातलका फाँटहरूमा बिछ्याउने प्रयास जारी राखेका छौँ । यसै गरी दोलखा जिल्ला भित्र, बाहीर अनी देशभन्दा बाहीर आ–आफ्नो पेशा व्यवसायमा आवद्ध भएर बस्नु हुने दोलखावासी दाजुभाई, दिदिबहीनी लगायत सम्पूर्ण नेपालीहरुको सूचनाको श्रोतको माध्यम हुने प्रयास गरेका छौं । यसको लागि सोही अनुसार अगाडी बढीरहेका छौं ।
हुनसक्छ यसरी प्रयास गर्दा गर्दै कहिलेकाहिँ अपुष्ट समाचारले कसैलाई नरमाइलोपन लाग्यो होला, कहिलेकाहीँ अन्जानमा केही कुरा पस्किए होलान् त्यसमा हामीले गरेका कमी कमजोरीलाई यहाँहरूबाट नै उचित सल्लाह र सुझाव पाउनुपर्ने हो तर हामीले मौखिक र व्यक्तिगत खण्डन बाहेक लिखितमा कुनै ज्ञानवद्र्धक सल्लाह सुझाव पाउन सकिरहेका छैनौं ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू तथा शुभचिन्तक मित्रहरू !
यो साझा धरातलमा रहेका थलो आफ्नै हो । तन आफ्नै हो । मन आफ्नै हो । आज जतिसुकै तँछाड् र मछाड् गरेर लुटेर, थुतेर, कुटेर, सुतेर र जुटेर लाखौं करोडौं नै कमाए पनि आँखिरमा जसरी हामी यस पृथ्वीमा अवतरण गरेका थियौ त्यसै गरी एकदिन दिवंगत हुनु पर्छ । त्यसै गरी हामीले यो बाँपीझ्यालालाई दोलखाली सन्देशपत्रको रुपमा विक्रम सम्वत् २०५६ सालको बैशाखबाट दुईपानामा शुरुआत गरिएको भए तापनि औपचारिक रुपमा सर्वत्र प्रचार प्रसार गर्न विविध कारणले सकिरहेका थिएनौं, तथापि कागजमा हातैले लेखेर भएपनि दोलखाली सज्जनवृन्दको काखमा पुर्याउने जमर्को गरेका थियौं । हो, त्यतिबेला दोलखाका धेरै साथीसंगी र शुभचिन्तकहरूले पूर्ण अभिरुचि दिएर हातमालो नगरेका होइनन् । तर यो पत्रिकाको पखेटामा प्वाँख उम्रदा उम्रदै कोही घर्यायसी कारणले पाखा लागे, कोही जीवनयापनका कारण छेउ लागे, अनि कोही चाहेर पर भए, कोही नचाहेर हो या किन हो यो बचेरा रुपी बाँपीझ्यालालाई गुँडमै अलपत्र परेको अवस्थामा रहन्दा रहन्दै पनी आफ्नै चाल अनी सुरमा अगाडी बढाई रह्यौं । जतिबेला यसलाई बामे सर्नका लागि आँट र सहाराको जरुरत थियो तर कसैले मौखिक लिटो खुवाउन समेत वास्ता गरेनन् । तर यसविचमा हामी कहिले विचलन भने भएनौं ।
आपूmले जन्माएको अवोध बालकलाई कसले पो अलपत्र छोड्छ र भने जस्तै यस पत्रीकालाई उताड, चडाप सँ–सँगै अगाडी बढाउँर्दै यहाँसम्म आईपुगेका छौं । जसकोकारण आज तपाईँहरु सँग यसरी सम्वाद्मा रहन्न सफल भएका छौं ! यसले दोलखाको पत्रकारिताको ईतिहासमा एक महत्वपूर्ण अनी नौलो आयामको शुरुवात गर्न सफल भएका छौं जसको श्रेय यहाँहरु नै हो । हामी आपूm भोकै बसेर पेटमा पटुकी कसेरै भएपनि आफ्नो कोखबाट जन्मेको बच्चालाई स्याहार सुसार र सम्भार गर्न कुनचाहिँ बाबुआमाले कञ्जुस्याइँ गर्लान् र ! त्यसै गरी यसको स्याहार सुसारमा हामी अहिलेसम्म लागि परेका छौं किन भने जसको ईज्जत र पहिचान प्राचिन शहर दोलखा अनी सिंगो दोलखा जिल्ला सँग जोडिएको छ । हुनसक्छ अंशको पछाडि कुद्ने दाजुभाइले पैतृक सम्पत्तिबाट केहि पाउने वस्तु नै नदेखेपछि पाखा लाग्दा हुन् शायद, तर यो त हामीले एउटा जन्मथलो दोलखाको पहिचान दिलाउने उद्देश्य अनी लक्ष्य राखेर सल्लाह गरेरै जन्माएका हौं ।
त्यसैले यसलाई हुर्काउनको लागि समस्यासंग पौंठेजोरी खेलेर, वितृष्णाहरूलाई कन्टेनरमा हालेर समयको माग अनुसार प्रविधिसंग सिको गर्दै आज अनलाइनबाट तपाईँहरुकै हात समाएर गाउँबाट नगर, नगरबाट जिल्ला हुँदै जिल्लाबाट सिंगो देश र यही देशबाट अन्तर्राष्ट्रिय जगतसम्म फड्को मार्ने प्रयासमा छौं ।
यदि कसैलाई यो बाँपीझ्यालाको क्रिया, प्रक्रिया मनपर्दैन भने आफ्नो तरिकाले सर–सल्लाह दिन र सहयोग गर्न सक्नु हुन्छ । तर यो बाँपीझ्याला (आँखिझ्याल) नितान्त दोलखाको सम्पूर्ण गतिविधिलाई समेटेर बनाइएको हो सिधा अर्थमा भन्नुपर्दा अहिले यो बाँपीझ्याला एक दुईजनाको अथक प्रयासले मात्र अगाडि बढिरहेको छ । यसको अर्थ यसमा सहयोगी मनहरु नभएका चाही होईन, यसलाई सिङ्गो दोलखावासीहरुको सहयोग अनी मायाको खाँचो रहेको छ जुन कुरालाई हामी शुभचिन्तक दोलखावासीले बुझ्न जरुरी रहेको छ ।
यो बाँपीझ्यालाले दोलखाको मातृभाषा दोलखा नेवार भाषालाई उत्थान गर्नलाई अगाडि बढाइएको हो । यसलाई अगाडि बढाउन यहाँहरूकै साथ सहयोगको आवश्यक छ । हामीले चालेको कदममा कतै त्रुटि भएमा सुझावको अपेक्षा राखेका छौँ । हामीलाई दोलखाको इतिहास पूर्ण रुपमा जानकारी नहुनसक्छ, कुनै लेख रचना या साहित्यिक विधामा कतै अस्वभाविक कुराहरू सम्प्रेषण हुन गएमा गल्ती औंल्याएर सच्याउने मौका दिइ दिनुहुन विनम्र अनुरोध छ । यही सन्दर्भमा दोलखा अनी दोलखाको ईतिहास अध्ययन अनुसन्धान जरुरी रहेको छ यसको लागि सम्वन्धीत निकायको सहयोग र सद्भावको खाँचो रहको छ ।
आगामी दिनमा हामीले वृत्तचित्र सहित दोलखा जिल्ला भरिकै आम जनमानसका बिचार भावलाई समेटेर सबै ठाउँका कला, संस्कृति र परम्परालाई उजागर गर्दै अगाडि बढ्ने प्रण गर्दै हाम्रो बिचारलाई अगाडी बढाउने लक्ष्य राखेका छौं यो लक्ष्य पूरा गर्न यहाँहरु सम्पूर्ण दोलखावासी तथा शुभचिन्तक नेपाली दाजुभाई, दिदीबहीनी महानुभावहरुको सहयोग, सद्भाव विना असम्भव छ त्यसैले तेईसौं बसन्त पार गर्दै चौविसौं बसन्तमा पाईला टेक्न सफल भएको अवसरमा यहाँहरुबाट निरन्तर सहयोग, सद्भाव रही रहनेछ भनी आशा अनी विश्वास लिर्दै यस पत्रिका प्रकाशनमा तपाईहरु प्रभुत्व व्यक्तीहरुबाट जुन सहयोग प्राप्त भएको छ त्यसै गरी यसको निरन्तरताको कामना गर्दै आजलाई हाम्रो कलमलाई यही बिट मार्ने अनुमति माग्दै अहिलेलाई औंला बिसायौँ । जय बाँपीझ्याला, जय द्वाल्खामी ! जय द्वाल्खा !