Search

ट्रक दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

ट्रक दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

२२ भदौ, बाँपीझ्याला, काठमाडौं । दाङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका सहचालक रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का सखर खाँ रहेका प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले जानकारी दिए ।

ट्राफिक प्रहरी प्रमुख परियारका अनुसार घोराहीबाट भैसीको छाला बाकेर भैरहवातर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा आज (बुधबार) दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

ट्रक ब्रेक फेल भएर दुर्घटना भएको उनले बताए । ट्रक पल्टिएपछि अहिले बाटो अबरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रहरी परिचालन गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment