Search

प्राचिन शहर दोलखाको रात्रीकालिन भैरव कुमारी जात्रा नचाउनको लागि सडक बत्ति जडान

प्राचिन शहर दोलखाको रात्रीकालिन भैरव कुमारी जात्रा नचाउनको लागि सडक बत्ति जडान

बाँपीझ्याला, दोलखा । प्राचिन शहर दोलखामा घण्टाकर्ण औसीदेखि गुल्ला पर्व शुरु भए लगतै आज फुलपाती (म्येस स्यारीउरी) दिन देखि विशेष गुल्ला पर्व शुरु भएको छ । आज फुलपाती स्थानिय नेवारी भाषामा म्येस स्यारीउरी दिनको अवसर पारेर माथिल्लो टोल, तल्लो टोल र दुङ्गल टोलबाट स्थानिय बाजागाजा सहीत दिउँसो नचाईने लाखे नाच जो डाकस निकालिएको छ ।

यसै गरी भोली डापाखलक कालिञ्चोक जाने, पर्सी ठुलो लाखे नचाउने, निकोर्सी गाईजात्रा साप्याखन निकाल्ने त्यसको बेलुका ट्वाकल प्याखन सोह्सय गोपिनी नाच र त्यसको भोलीपल्टदेखि भैरव कुमारी नाच निकाल्ने प्रचलन रहेको छ । जुन जात्रामा विशेषतः शिवभक्ती परिवारले भाग लिने चलन रहेको छ ।

यसै गरी ट्वाकल प्याखन निकालेको राती र भोलीपल्ट देखि शुुरुहुने भैरव कुमारी जात्रा र दर्शन गर्न आउने भक्तजनहरुको सुविधालाई ध्यानमा राखी आज भीमेश्वर नगरपालीका वडा नं. २ को सक्रियतामा १० वटा फोकस लाईट जडान गरिएको छ भनी वडाध्यक्ष स्टालिन श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताउनु भयो । यसै गरी यदी १० वटा फोक्स लाईटले पुगेन भने अर्को १५ वटा थप गरी २५ वटा फोकस लाईट राख्ने योजना रहेको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यसरी फोक्स लाईट कुमारी छेँ अगाडीदेखि कोर्छे, श्यामसुन्दर, गणेश टोल, पालचुटी, डोक्छे, माथिल्लो स्वयम्भुथान, लिष्टोल, भीमसेनथान, कालिमन्दीर, त्रिपुरासुन्दरी, दुङ्गल, गगरलुङा, नसु, पिङ्गल, महादेवथान, कोतसाल, नक्छे, बहिर र डोकलुङाटोलमध्ये जहाँ जहाँ बढी आवश्यकता सोही अनुसार बत्ति राख्ने सर–सल्लाह भएको समेत बताउनु भयो ।

यसरी आजदेखि बत्ति राख्न शुरु गरिएको र आज एकठाउमा मात्र परिक्षण गरिएको हुनाले भोली सवै बत्ति राख्न सक्ने लक्ष्य राखेको र सवै बत्ति बाली सकेपछी कही कतै पुगेन भने फेरी अर्को बत्ति जडान गर्ने समेत बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment