Search

दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द

दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द

बाँपीझ्याला, काठमाडौं । गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

उत्तरगया गाउँपालिका–५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको छ ।

प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार सडक खुलाउने प्रयासको साथै क्षतिको विवरण लिने काम बिहानैदेखि सुरु भएको छ । पहिरोका कारण बेत्रावती, पहिरेबेँसी, मैलुङ खण्डको नयाँ सडकमा समेत सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

जनैपूर्णिमाको अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्न जाने यात्रुलाई धुञ्चे पुर्‍याउन स्थानीयस्तरमा रहेका सवारीसाधन परिचालन गरिने प्रहरीले जनाएको छ । उत्तरी भेगमा रहेका पासाङल्हामु तथा टिमुरे यातायात समितिको बसले गोसाइँकुण्ड जाने यात्रुलाई यातायातको सुविधा दिने तर निजी सवारीसाधन भने प्रभावित हुनेछ ।

बनुवा घुम्ती सडकदेखि त्रिशूली नदीसम्म पुगेको पहिरोको दूरी करिब दुई किलोमिटर भएको र जमिन तथा अन्नबाली ठूलो मात्रामा नोक्सान भएको लहरेपौवा निवासी डा. सरोज श्रेष्ठले जानकारी दिए । पहिरोका कारण नौबिसे क्षेत्रमा भूकम्पपछि बनाइएका निजी आवाससमेत प्रभावित भएको डा. श्रेष्ठले बताए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment