Search

नेवा देय् दबूका केन्द्रीय समिती, प्रदेश समिती लगायत सबै जातीय समूहका संघ संस्थाहरू २८औं विश्व आदिवासी दिवसमा सहभागी

नेवा देय् दबूका केन्द्रीय समिती, प्रदेश समिती लगायत सबै जातीय समूहका संघ संस्थाहरू २८औं विश्व आदिवासी दिवसमा सहभागी

बाँपीझ्याला, काठमाण्डौं । आज मिति २०७९ साल साउन २४ तद अनुसार अगस्त ९ तारिख २०२२ का दिन विश्व भर अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइरहेको समाचार प्राप्त भैरहेको छ । यही प्रसङ्गमा केन्द्रीय राजधानी काठमाडौमा सबै जनजातिहरू उकै छातामुनि भेला भएर सो दिवश मनाईएको छ । काठमाडौ, ललितपुर र भक्तपुर गरि तीनै जिल्ला भित्र अस्थायी र स्थायी रुपमा बसोबास गर्दै आएका विभिन्न जातीय समुदायहरू काठमाडाको भृकुटी मण्डप परिसरमा भेला भएर संयुक्त रुपमा नगर परिक्रमा गरि प्रज्ञा भवन कमलादीमा पुगी एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ ।

यसै क्रममा नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य, बागमती विशेष प्रदेश उपाध्यक्ष उमेश स्थापित, बागमती प्रदेश उपाध्यक्ष शान्त श्रेष्ठ, महिला उपाध्यक्ष रश्मिला प्रजापति, महासचिव सत्य नारायण डंगोल लगायत अन्य सदस्यहरू, नेवाः देय् दबू बागमती विशेष प्रदेशबाट श्रीकृष्ण महर्जन तथा अन्य पदाधिकारीहरू, नेवाः देय् दबू काठमाडौ जिल्ला समितिको तर्पmबाट अध्यक्ष धनबहादुर तिमिला, वरिष्ठ उपाध्यक्ष श्रृजलमान सिं लगायतका सबै पदाधिकारीहरू, त्यसैगरि नेवाः देय् दबू काठमाण्डौ महानगरपालिकाको तर्पmबाट अध्यक्ष शोभा महर्जन बज्राचार्य, वरिष्ठ उपाध्यक्ष रमेश कुमार जोशी लगायतका पदाधिकारीहरू, त्यसैगरि भक्तपुर नपा, चन्द्रागिरी नपा, टोखा नवन, शंखरापुर नपा लगायत कामनपाका वडा पदाधिकारीहरू नेवारी भेषभुषामा मौलकि बाजाको प्रदर्शन सहितको उपस्थिति थियो ।

यसै क्रममा आजको आदिवासी दिवस समारोहको र्यालीमा जनजाति वर्गमा शेर्पा समुदाय बौद्धले परम्परागत मौलिक पोशाक र बाजा सहित उपस्थिति जनाएका थिए भने, राइ, मगर, गुरुङ, सुनुवार, दनुवार, धिमाल , थारु लगायतका अन्य समुदायहरूले आ–आफ्नो पोशाक सहितको बाजागाजा र जीवनचर्यामा चलाइने घरेलु वस्तु तथा खेत खनजोतमा प्रयोग गरिने ज्यावलहरू समेत ¥यालीमा समावेश गरेका थिए ।

आदिम प्राणीमध्येको सर्वश्रेष्ठ प्राणी मनुष्यलाई विश्व जगतमै आदिवासीको रुपमा मान्यता पाइ आएका मानव समुदाय बीचको विभिन्न जातजातिका आधारमा विश्वभरमै आदिवासी भनेर परिभाषा दिलाएको छ । संयुक्त राष्ट्र संघले नै विश्वमा कहीँ न कहीँ कुनै न कुनै रुपमा आदिवासीहरूले केही न केही आफ्नो मौलिकता जताएर जातीय पहिचान दिइरहेकोले नै ती मानवहरू त्यस्तो हो कि जुन मानवले आफ्नो परिवेश र वातावरण अनुसार आफ्नो जीविकोपार्जन आफ्नै तरिकाले गर्दै आए तापनि आफ्नो ्रहनसहनको अवस्थालाई विभिन्न कला तथा संस्कृतिलाई सृजना गरेर उजागर पारे । अनि सम्पदाको निर्माण गरे त्यसैको आधारमा नै मान्छेको वर्ण, वर्ग र विशेषता अनुसार जातीय विभाजन गरिएपनि सबै जनजाति वर्गले आफ्नो पहिचान जिवन्त देखाउनको लागि अथक प्रयास गरिरहेका छन् ।

आदिवासी दिवसको सन्दर्भमा आज देखिएको उत्साहजनक भेलामा विभिन्न जात जातिहरू समावेश भएर बाक्लो भीड देखिए पनि वर्गीकरणको हिसाबले खासै उपस्थिति थियो भन्नलाई त्यत्ति सुहाउँदो नलाग्ला । किनकि जो जे जति उपस्थित थिए ती प्रत्येक समुहमा जातीय संगठनमा रहेका पदाधिकारी लगायत केही परिचित साथीहरूको आमन्त्रणलाई स्वीकारेर मात्र आएका थिए भन्नमा अनर्थ नहोला ।

काठमाडौमा रहेका अधिकांश बासिन्दाहरूमा पहिलो नम्बरमा भन्नुपर्दा नेवारी समुदाय नै हो । एकताका राज्यले गुठी विधेयकको प्रसङ्ग उठाएर स्थानीय गुठीमा आधिपत्य जमाउन खोज्दा जसरी मानव सागर मैदानमा उर्लेका थिए, त्यसमा एउटै आवाज थियो, साविक चलिरहेको गुठी स्थानइ जनस्तरमै हुनुपर्छ भनेर । तर यो आदिवासी भित्र रहेका सिंगो राष्ट्र बीचको आधिकारिक मामला हो यसको लागि पनि अन्य जनजाति संग समन्वय गरेर आफ्नो हकको लागि एउटै स्वर निकाल्न जरुरी छ भनेर उपत्यकाका नेवार दाजुभाइ तथा दिदीबहिनीहरूले किन बुझ्न चाहेनन् त ? प्रश्न तेर्सिनेछ ।

के आदिवासी जनजातिको हक अधिकार भनेर आज उपस्थित नेवा देय् दबूका पदाधिकारीका लागि मात्रै चाहिने हो र ? के नेवारी समुदायका हरेकलाई घरघरमा गएर परिपत्र बाँडेर सगुन सहित निमन्त्रणा दिनुपर्ने हो र ? बिडम्बना यही छ कि एउटा कुनै संस्थाले आयोजना गरेको कार्यक्रममा सोही जातिका अन्य संघ, संस्था र संगठनमा आबद्ध रहेका व्यक्तिहरू समावेश हुनै नहुने सोच जे छ । केही हकहित संग सम्बन्धित कुराको उपलब्धि भै हाल्यो भने नेवा देय् दबूका पदाधिकारीहरूले मात्र एकलौटी हत्त्याउने त पक्कै होइन होला । यही कुरा यस आदिवासी जनजाति भित्र रहेका अन्य सबै जातीय वर्गले बुझ्न जरूरी छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment