Search

स्पानिस क्लब बार्सिलोनाले गाम्पर ट्रफी जिते

स्पानिस क्लब बार्सिलोनाले गाम्पर ट्रफी जिते

बाँपीझ्याला, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मेक्सिकन क्लब पुमास उनामलाई ६-० ले हराएर जोन गाम्पर ट्रफी जितेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा यसै समरमा अनुबन्ध भएका रोबर्ट लेवान्डोस्कीले पनि एक गोल गरे ।

यस्तै पेड्रीले दुई तथा उसमान डेम्बेले, पिएरे एमरिक औबामेयाङ र फ्रेन्की डे जोङले एक-एक गोल गरे । म्यानचेस्टर युनाइटेड जाने चर्चा भइरहेको फ्रेन्कीलाई क्लबमै राख्न चाहेको प्रशिक्षक जाभी र अध्यक्ष जोन लापोर्टाले बताएका छन् ।

बार्सिलोनाले आफ्ना पूर्व खेलाडी डानी अल्भसलाई समेत सम्मान गरेको थियो । अल्भस हाल पुमासमा अनुबन्ध छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment