Search

त्रिदेव’को पनि रिमेक बन्ने

त्रिदेव’को पनि रिमेक बन्ने

बाँपीझ्याला, काठमाण्डौं । कुनै समयको हिट फिल्म ‘त्रिदेव’को पनि रिमेक बन्ने भएको छ । यसका निर्माता तथा निर्देशक राजीव रायले फिल्मको रिमेकका लागि सलमान खानलाई मनाएको खबर छ ।

सन् १९८९मा रिलिज भएर निकै हिट भएको यो फिल्ममा सन्नी देओल, ज्याकी श्राफ र नसिरुद्दिन शाह मुख्य भूमिकामा थिए । फिल्ममा सोनम र माधुरी हिरोइनको रुपमा थिए ।

रिमेकको निर्देशन राजीव राय स्वयंले गर्ने छैनन् । नयाँ निर्देशक लिने र फिल्मलाई नयाँ शैलीमा निर्माण गर्ने सलमान र रायबीच सहमति भएको समाचारमा उल्लेख छ ।

सलमानले भर्खरै ‘भाइजान’को सुटिङ सकाएका छन् भने ‘टाइगर ३’ उनको रिलिजका लागि तयार फिल्म हो । सलमानले ‘नो इन्ट्री’को सिक्वेलका लागि पनि समय दिएको समाचारमा उल्लेख छ । अनिस बज्मीको निर्देशन रहने फिल्ममा अनिल कपुर र फरदिन खान पनि रहनेछन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!