Search

फेसबुक चिन्तन

फेसबुक चिन्तन

विके श्रेष्ठ “पासा”

समाचार तुरुन्तै सुन्न पाउँदा,
फेसबुक ठिकै लाग्छ,
भदौरे गोरुको आँखा लाउँदा,
फेसबुक दिक्क लाग्छ ।

अखबार भन्दा छिटो खबर ल्याउँदा,
फेसबुक उत्तम लाग्छ,
बकवास गन्धा तस्बिर पठाउँदा,
फेसबुक खत्तम लाग्छ ।

अक्षरै नजान्नेलाई बाठो बनाउँदा,
फेसबुक असल लाग्छ,
बाठोलाई नै जीर्ण लाटो तुल्याउँदा,
फेसबुक खल्लो लाग्छ ।

खाना बनाउने तरिकाहरु पढाउँदा,
फेसबुक विद्वान गुरु झैं लाग्छ,
खाना नै डढ्नेगरि अलमलाउँदा,
फेसबुक बतासे गोरु झैं लाग्छ ।

अनेकौं भाषा र सीपहरु सिकाउँदा,
फेसबुक एक प्रशिक्षक लाग्छ,
भएको अक्षरलाई खाई रित्याउँदा,
फेसबुक क्रुर राक्षस झैं लाग्छ ।

हराएका साथीहरु फेरि भेटाउँदा
फेसबुक मध्यस्थकर्ता लाग्छ,
भएका नाता वान्धव टाढा भगाउँदा,
फेसबुक कुरौटे नारद झैं लाग्छ ।

नयाँ नयाँ प्रेमी प्रेमिका मिलाउँदा,
फेसबुक इमानदारी लमी लाग्छ,
पुराना जोडीलाई डिभोर्स दिलाउँदा,
फेसबुक अत्याचारी विद्रोही लाग्छ ।

अल्छीलाई ज्ञान चेतना दिलाउँदा
फेसबुक महाज्ञानी नै लाग्छ,
चलाकलाई अल्छी झोल पिलाउँदा,
फेसबुक असत्ती बेइमानी लाग्छ ।

दोलखा, अभयपुर ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!