Search

एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्ने भयो

एन्फाको कार्यसमिति बैठक साउन २६ गते बस्ने भयो

बाँपीझ्याला, काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक साउन २६ गते बस्ने भएको छ । यसअघि दुई पटक विभिन्न कारणले स्थगित भएको कार्यसिमति बैठको नयाँ मिति तय भएको हो ।

‘एन्फा महासचिव किरण राईले साउन २६ गते कार्यसमिति बैठक हुने जानकारी दिए । ‘स्थगित भएको एन्फा कार्यसमितिको बैठक २६ गतेका लागि बोलाइएको छ । यसअघिकै एजेन्डा बैठकमा छलफल हुनेछ’, राईले भने ।

यसअघि साउन ५ गते बोलाइएको बैठक हस्ताक्षरमा विवाद हुँदा स्थगित भएको थियो । त्यसअघि साउन २ गते तय भएको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङ अस्वस्थ हुँदा स्थगित भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!