Search

बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त गठ्ठाघरबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त गठ्ठाघरबाट पक्राउ

बाँपीझ्याला, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोको रोशी गाउँपालिका-१ घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्‍ने ४२ वर्षीय गोर्खमान तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मध्‍यपुर ठिमी-३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ दिन कैद सजाय र ६ लाख रुपैयाँ जरिवाना र २४ हजार क्षतिपूर्तिस्वरुप रमक तिराउने फैसला सुनाएको थियो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment