Search

प्लिज मेरो फिल्म बाइकट नगर्नुस् : आमिर खान

प्लिज मेरो फिल्म बाइकट नगर्नुस् : आमिर खान

बाँपीझ्याला, काठमाण्डौं । आमिर खानको रिलिज उन्मुख फिल्म ट्वीटरमा बहिष्कार गर्ने अभियान चलेपछि आमिर खानले दर्शकसँग आफ्नो फिल्म बहिष्कार नगर्ने आग्रह गरेका छन् । आमिरको खानको नयाँ फिल्म ‘लालसिंह चढ्ढा’ आउँदो शुक्रबार रिलिज हुँदैछ ।

सोमबार बिहानदेखि नै ट्वीटरमा आमिरको फिल्म बहिष्कार गर्ने अभियान ट्रेन्डिङमा छ । बहिष्कारकर्ताले आमिरकै अघिल्लो फिल्म ‘पिके’का दृश्यहरू राख्दै आमिरले हिन्दू धर्मको अपमान गरेर व्यापार गरेको आरोप लगाएका छन् ।

आमिरले आफ्नो फिल्मलाई लिएर गलत अभियान चलाइएको बताउँदै त्यसो नगर्न आग्रह गरेका छन् । उनले धेरैको मनमा आफ्नो छवि देशप्रेमी नरहेको र यही कारण यस्तो अभियान चलेको बताउँदै आफूलाई त्यस्तो नसोच्न पनि आग्रह गरेका छन् ।

‘मेरो देशलाई साँच्चिकै माया गर्छु । कृपया मेरो फिल्म बहिष्कार नगर्नु होला,’ उनले भनेका छन् ।हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेकको रुपमा बनेको फिल्ममा आमिर खान र करिना कपुर मुख्य भूमिकामा रहेका छन् ।

अद्धैत चन्दनको निर्देशन रहेको फिल्मलाई अर्का कलाकार अतुल कुलकर्नीले रुपान्तरण गरेका हुन् । फिल्मलाई ‘फरेस्ट गम्प’ वितरण गरेको कम्पनीले नै विदेशमा वितरण गर्दैछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment