Search

साउन २० मा ‘चपली हाइट ३’

साउन २० मा ‘चपली हाइट ३’

बाँपीझ्याला, काठमाण्डौं । पहिला नै दुई पटक प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ तेस्रो पटक प्रदर्शन हुने भएको छ । निर्माता अर्जुनकुमारले पोस्टर जारी गर्दै फिल्म तेस्रो पटक हलमा प्रदर्शन हुन लागेको जानकारी गराएका हुन् ।

पहिलो महामारीअघि नै बनेर नयाँ वर्षलाई प्रदर्शन मिति तोकेको फिल्म महामारीका कारण रोकिएको थियो । पहिलो लकडाउन पछि हल खुलेको समयमा रिलिज भएको फिल्म पुस ३० मा पहिलोपल्ट प्रर्दशनमा आएको थियो । तर दुई तीन दिनमै सरकारले हल बन्द गर्ने निर्णय गरेपछि फिल्मको प्रदर्शन हप्ता दिन पनि चल्न सकेको थिएन ।

निर्माता अर्जुनकुमारले फागुन १ गतेबाट फेरि यो फिल्म हलमा ल्याए । यसबेला दर्शकको साथ नपाएको फिल्म फेरि साउन २० बाट प्रदर्शनमा आउने भएको छ । यही मितिमा थप दुई नेपाली फिल्म पनि प्रदर्शनमा आउँदैछन् ।

सुवर्ण थापा निर्देशित ‘म’ र ‘आँधी तुफान २’ । यो मितिमा कुनै हिन्दी फिल्म नआएकाले पनि निर्माताले यो मिति रोजेका हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!