Search

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टियो

बाँपीझ्याला, काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते भएको ललितपुरका डीएसपी अंगुर जिसीले बताए । उनका अनुसार घिसिङको गर्धनमा चोट लागेको छ ।

यस्तै मोटरसाइकल चालक भक्तपुर बालकोट बस्‍ने ३९ वर्षीय अनिस श्रेष्ठको नाक र दाहिने खुट्टामा चोट लागेको डीएसपी जिसीले बताए । यस्तै बसमा सवार ललितपुर लुभुका एक वर्षीय बालक विवश राईको ढाडमा चोट लागेको छ ।

ठक्कर दिने बस चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ भने सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment