Search

सकुना श्रेष्ठ मलेकुको “तिजको लहर छ गाउँ शहर” गित सार्वजनिक, ख्याती प्राप्त नायीका प्रिंयका कार्की र केकी अधिकारीकाको धमाकादार नृत्य

सकुना श्रेष्ठ मलेकुको “तिजको लहर छ गाउँ शहर” गित सार्वजनिक, ख्याती प्राप्त नायीका प्रिंयका कार्की र केकी अधिकारीकाको धमाकादार  नृत्य

https://youtu.be/jLu_MnGJHow
बाँपीझ्याला, काठमाण्डौैं । समाजसेवी, महिला उद्यमी, समकालिन एकता समाज नेपालका अध्यक्ष एवं गायीका सकुना श्रेष्ठ मलेकुको यसपालीको तिजको लागि तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँ शहर” बोलको गित आज एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ ।

गत बर्षको तिजमा सकुना श्रेष्ठ मलेकु मञ्जु उपासनाको गायनमा “माईतीको आगन” बोलको गित, गत भाद्र १३ गते वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह र आज यसपालीको तिजको लागि “तिजको लहर छ गाउँशहर” बोलको गित समेत तिनवटा गित सार्वजनिक भएको छ ।

यस गित “तिजको लहर छ गाउँशहर” मा स्वर सकुना श्रेष्ठ मलेकु, मञ्जु उपासना, शव्द संगीत एच.वि. सुनार, एरेञ्ज केशव बडु, मिक्सीङ माष्टर प्रकाश मिश्र, स्टुडियो अकेष्टीक नेपाल, श्रृगार सपना लम्साल, छायाङ्कन सम्पादन दिनेश मुस्कान, रेडियो ग्राफर सुवोल थापा, निर्देशक एच.वि.सुनार, दृश्य निर्माण मञ्जरी संगीत पाठशाला, अभिनय नायीका प्रियंका कार्की, केकी अधिकारी, देशभक्त खनाल र रमा थपलियाको रहेको छ ।

यसै गरी यस गितको निर्माणमा सकुना श्रेष्ठ मलेकु तथा समकालिन एकता समाज नेपाल रहेको छ भने बजार व्यवस्थापनको लागि बाँपीझ्याला मिडिया प्रा.लि.दोलखा काठमाण्डौ रहेको छ ।

नेपाली गित संगीतलाई अति माया गर्ने भगवान प्रति आस्था विश्वास राख्ने, समाजसेवालाई आफ्नो धर्म अनी कर्म ठान्ने समाजसेवी एवं समकालिन एकता समाज नेपालका अध्यक्ष गायीका सकुना श्रेष्ठ मलेकुको र गायीका मञ्जु उपासनाको गायनमा गतसालको तिजमा “माईतीको आगन” बोलको पहिलो गित बजारमा ल्याएको हो । जुन गितले सर्वोउत्कृष्ठ प्राप्त गर्न सफल भई बिभिन्न पुरस्कार, पदकबाट सम्मान हुन पुगेको स्मरण गर्दै गायिका सकुना श्रेष्ठ मलेकु खुसी व्यक्त गर्नु हुन्छ ।

यसै गरी यो दोश्रो तिजको गित “तिजको लहर छ गाउँ शहर” बोलको गित आज सार्वजनिक गरिएको छ जुन गितलाई यहाँहरु सवैले मनपराई दिनु हुन्छ र यसपालीको तिजमा सम्पूर्ण नेपाली दिदीबहीनीहरु मेरो गितको बोलमा नायिका प्रियंका कार्की र केकी अधिकारीको साथमा नाच्नु हुनेछ भन्ने आशा अनी विश्वास लिएको छु भनी गायिका श्रेष्ठले बताउनु भयो । साथै यस गितलाई युव ट्युवमा क्बपगलब क्जचभकतजब नाममा गई लाईक, शेयर र सस्क्राईभ गर्न पनी वहाँले संगीत प्रेमी दिदीबहीनी र शुभचिन्तक महानुभावहरुलाई आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

गित संगीतकार एवं निर्देशक गर्नु हुने एच. वि. सुनारले आफुले सकुना श्रेष्ठ मलेकु संग यो समेत दुईवटा गितमा काम गर्न पाएको र यसबाट आफुले छुट्टै अनुभव प्राप्त गरेको र आगामी दिनहरुमा दिदी सकुना श्रेष्ठ मलेकुसँगको सहकार्यमा अझ थप आकर्षक र सुमधुर गितको साथमा संगीत प्रेमी नेपालीहरुको माझमा आउने तयारी रहेको समेत बताउनु हुर्दै यस गितलाई लाईक, शेयर र सस्क्राईभ गर्न अनुरोध सहित आग्रह गर्नु भएको छ ।

यसै गरी गायिका मञ्जु उपासना आफुले जुन प्रयत्न र साहसका साथ यस पालिको तिजको लागि “तिजको लहर छ गाउँ शहर” बोल को गितमा आज सार्वजनिक गरिएको छ । यो गित गत बर्षको तिज गित “माईतीको आगन” झै उत्कृष्ठ प्राप्त गर्न सफल हुने कुरामा आफु विश्वस्त रहनुका साथै यस “तिजको लहर छ गाउँ शहर” बोलको गितलाई लाईक, शेयर र सस्क्राईभ गर्न अनुरोध सहित आग्रह गर्नु भएको छ बताउनु भयो ।

समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुसँगको यसपालीको तिज गित “तिजको लहर छ गाउँ शहर” बोलको गितमा आफुले छायाङ्कन सम्पादन गर्न पाएकोमा खुसी व्यक्त गर्नु हुर्दै यस गितलाई सम्पूर्ण नेपाली दिदीबहीनी र संगीतप्रेमी शुभचिन्तक महानुभावहरुले लाईक, शेयर र सस्क्राईभ गरि दिनु हुन छायाङ्कक सम्पादक दिनेश मुस्कानले आग्रह सहीत अनुरोध गर्नु भएको छ ।

नायिका प्रियंका कार्की र केकी अधिकारीको अभिनय र जेष्ठ कलाकार देशभक्त खनाल र रमा थपलियाको अभिनय रहेकोले यस गितमा थप आकर्षण रहेको भनाई राख्नु हुर्दै गतबर्ष झै यस बर्षमा पनी आफ्नो “तिजको लहर छ गाउँ शहर” को बोलको गितले सर्वोउत्कृष्ठ प्राप्त गर्न सफलता प्राप्त गर्नेमा आफु विश्वस्त रहेको समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

सकुना श्रेष्ठ मलेकुको दोश्रो प्रस्तुती “तिजको लहर छ गाउँ शहर” बोलको गित बनाउने क्रममा यस क्षेत्रमा सहयोग, सदभाव् र संलग्न रही सार्वजनिक गर्न अभिप्रेरणा दिने सम्पूर्ण युनिट लगायत मञ्जरी संगीत पाठशाला र बाँपीझ्याला मिडिया प्रा.लि. लाई सकुना श्रेष्ठ मलेकुको परिवारको तर्फबाट र समकालिन एकता समाज नेपालको तर्फबाट विशेष धन्यवाद सहित हार्दिक आभार व्यक्त गरिएको छ ।

समाजसेवी सकुना श्रेष्ठ मलेकुको अहिलेसम्म गत बर्ष तिजको गित “माईतीको आगन” यसै गरी गत भाद्र महिनामा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह सार्वजनिक र आज “तिजको लहर छ गाउँ शहर” बोल गित समेत तिनवटा सुमधुर गित र भजन संग्रह सार्वजनिक गरिएको छ । जुन गित https://www.youtube.com/channel/UCllusWyg3r__xWE85jyVk4w गएर खोली लाईक, शेयर सस्क्राईभ गर्न समेत गायिका श्रेष्ठले अनुरोध सहित आग्रह गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!