Search

‘प्रेमगञ्ज’ फिल्मको आधिकारिक ट्रेलर रिलिज

‘प्रेमगञ्ज’ फिल्मको आधिकारिक ट्रेलर रिलिज

बाँपीझ्याला, काठमाडौं । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आधिकारिक ट्रेलर रिलिज भएको छ । परिच्छेद सेनद्वारा लिखित तथा निर्देशित फिल्ममा प्रेमका विभिन्न स्वरुप चित्रण गरिएको छ ।

सुरक्षा पन्तलाई न्यारेटरको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अलग पात्र र उनीहरुको उतारचढावपूर्ण प्रेम सम्बन्धलाई देखाइएको छ । बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँसहित डेब्यु कलाकारहरु राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

चलचित्र चौतारीको यो पहिलो भेन्चरमा प्रेम र भावनालाई प्रस्तुत गरिएको छ । दुई पुस्ताका कलाकारको प्रेम चित्रण गरिएको यो फिल्मलाई युवापुस्ताका दर्शकले रुचाउने विश्वास निर्माताले लिएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!