Search

कलाकारले भरिएकी ‘राधा’

कलाकारले भरिएकी ‘राधा’

बाँपीझ्याला, काठमाण्डौं । नेपाली फिल्मले समातेका ताजा विषय हुन्, वैदेशिक रोजगार र सशस्त्र द्वन्द्व । यिनै दुवै विषयमा बनेका दुई फिल्म एक महिनाको अन्तरालमा प्रर्दशन भइसकेका छन् । वैदेशिक रोजगारको विषयलाई छुस्स छोएको ‘चिसो मान्छे’ र सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा बनेका ‘दोख’ भर्खरै हलबाट उत्रिएका फिल्म हुन् ।

तर भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको संकेत गर्छ ।

कलाकार नै कलाकारले भरिएका यो फिल्ममा सृष्टिसहित सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेतको अभिनय छ । यी सबै कलाकारहरु ट्रेलरमा अटाएका छन् । फिल्ममा दयाहाङ राई र निश्चल बस्नेत अतिथि भूमिकामा छन्।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातसहित देवकी बिष्ट, बिक्रम दास जोशी निर्माताको रुपमा छन् भने निकुन श्रेष्ठ र फिरोज खड्का फिल्मका कार्यकारी निर्माता हुन् । कालिप्रसाद बास्कोटाको संगीत, नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई सुवर्ण थापा स्वंयले लेखेका हुन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!