आजकाल मान्छेको ओठको हाँसो कता हरायो खै
मुसुस्क मुस्कुराएर वोल्नेलाई सबैले छन मन पराएकै
त्यसैले दिनमा कम्तिमा तिन मिनेट धकफुकाएर हाँसौं
हाँसो नै हो संजिविनि वुटि सब दुख पिडा भुलेर बाचौं ।

हाँस्यो कि नास्यो भन्ने पुरातन सोचबाट दिग्भ्रमित हामी
जो हाँस्यो उ नै धेरै बाँच्यो भन्ने नवचेतनाले सिंचित हामी
एक्लै अट्टहास हाँसो हाँस्दा पागलको संज्ञा नि पाईएला
जसले जे भनेनि प्रवाह छैन खुसि हुँदै हाँसेर बाँच्ने हामी ।
तनाव रहित जीवन जिउन नित्य योग र ध्यान गर्ने गरौं
आफू मात्र हैन सम्पुर्ण मानव समुदायमा सत्ज्ञान छर्ने गरौं
एक थुकि सुकि हजार थुकि नदि चरितार्थ गर्दै सबै जुटौं
रोग लागि अनेकौं औषधि सेवन गर्नु भन्दा पहिलै उठौं ।
गणेश कुमार श्रेष्ठ
हेटौडा–४ चिल्ड्रेनपार्क
२०७९/४/४