आजकाल मान्छेकाे आेठकाे हाँसाे कता हरायाे खै
मुसुस्क मुस्कुराएर वाेल्नेलाई सबैले छन मन पराएकै
त्यसैले दिनमा कम्तिमा तिन मिनेट धकफुकाएर हाँसाैं
हाँसाे नै हाे संजिविनि वुटि सब दुख पिडा भुलेर बाचाैं ।
हाँस्याे कि नास्याे भन्ने पुरातन साेचबाट दिग्भ्रमित हामी
जाे हाँस्याे उ नै धेरै बाँच्याे भन्ने नवचेतनाले सिंचित हामी
एक्लै अट्टहास हाँसाे हाँस्दा पागलकाे संज्ञा नि पाईएला
जसले जे भनेनि प्रवाह छैन खुसि हुँदै हाँसेर बाँच्ने हामी ।
तनाव रहित जीवन जिउन नित्य याेग र ध्यान गर्ने गराैं
आफू मात्र हैन सम्पुर्ण मानव समुदायमा सत्ज्ञान छर्ने गराैं
एक थुकि सुकि हजार थुकि नदि चरितार्थ गर्दै सबै जुटाैं
राेग लागि अनेकाैं अाैषधि सेवन गर्नु भन्दा पहिलै उठाैं ।
गणेश कुमार श्रेष्ठ
हेटाैडा-४ चिल्ड्रेनपार्क
२०७९/४/३