Search

दोलखामा गठेमंगल पर्ब

दोलखामा गठेमंगल पर्ब

प्रा. डा. श्याम जोशी

प्रा. डा. श्याम जोशी

घण्टाकर्ण श्रावण कृष्ण चतुर्दशीको दिन मनाउने गरिन्छ । हरिबंस पुराणमा उल्लेख भए अनुसार यो दिन घण्टाकर्ण भन्ने दानब लाइ मारिएकोले यो पर्बलाइ घण्टाकर्ण पर्ब भनिएको हो । घण्टाकर्ण भन्ने दानब शिवको भक्त थियो । तर उनले बिष्णु लाइ मन पराउदैनथ्यौ । उनि बिष्णुको नाम पनि सुन्न चाहन्नथे ׀ त्यहि कारण उनले घन्टीको ठुलो आवाजले गर्दा अरु कुनै आवाज सुन्न नपरोस भनेर आफ्नो कानमा दुइ ठुल ठुला घन्टी झुन्डाउने गरेको थियो ।

त्यसैले उनलाई घण्टाको कान भएको अर्थात घण्टाकर्ण भनिन्थ्यो । श्रावन महिनामा उनलाई सम्झने काम पुरानो रितिरिवाज अहिले सम्म जीवन्त रहेको काठमाडौँ लगायत अधिराज्यका प्रमुख नेवार बस्तीहरुमा देख्न सकिन्छ । सो दिन काठमाडौँको गल्लि गल्लिमा घण्टाकर्ण पर्ब मनाउनका लागि सडकमा केटाकेटीहरु बाटोमा डोरीको तगारो हालेर बटुवाहरु संग पैसा माग्ने गर्छन ׀ उनीहरु यसो भनेर कराउछ – ओम शान्ति जय नेपाल आजु दे हा । यसलाई घण्टाकर्ण को “कर” उठाएको भनिञ्छ ।

यो पर्बलाइ गठे मंगल पनि भनिन्छ । जसको अर्थ “घर – परिवारमा शान्ति” भन्ने बोध हुन्छ ׀ दोलखा नेवारी भाषामा भने यो पर्ब लाइ “गाठमा डुय ” भनिन्छ । प्रत्यक वर्ष दानबको मृत्युको दिन बार्षिक श्राद वा अन्तिम संस्कार गर्नाले घर परिवारमा शान्ति प्राप्त हुन्छ भन्ने बिस्वास गरिन्छ । यो पर्ब मुलतः बहुसंखेक नेवार जनसंख्या भएको सहर तथा बस्तीमा नेवारहरुले मात्र मनाउने गर्छन । यो पर्ब कहिले देखि आरम्भ भएको भन्ने सम्बन्धमा कुनै प्रमाण भेटियको छैन । यो पर्ब पनि २÷३ सय वर्ष अघि उपत्यकाका मल्ल राजाहरुले शुरू गरेको अनुमान गरिएकोछ । किम्बदन्ती अनुसार अघिल्लो जन्मको श्रापले धेरै बर्ष देखि दानबी स्वरुपमा रहेको घंटाकर्णले सो दिनमा श्राप बाट मुक्ति पाएको थियो ।

दानबको अन्तेष्टि
दोलखामा सो दिनको साँझ गाँजा, सिस्नु, चोया आदिले हात खुट्टा र टाउको भएको घण्टाकर्णको पुतला बनाइन्छ । नाग्लोमा राक्षसको रंगीचंगी अनुहार बनाएर घोडा चडाएर राखिएको हुन्छ । पहिला महाने भनिने एकजना व्यक्तिले भगवतीको पुजा गरे पछी पुतला लाई चिउरा, मासु, दहि आदिको भोज खुवाउछ । भोज खुवाएपछी पुतलालाई खुकुरीले टाउकोमा हानेर मारेको अभिनय गर्छ ׀ त्यसपछि त्यहा भेला भएका युबाहरुले होहल्ला गर्दै तानेर लगेर सहर बाहिरको पश्चिम भागमा रहेको छेर्प्वाले भन्ने स्थान मा बिसर्जन गर्छन । घण्टाकर्ण राक्षसलाई मार्ने र बिसर्जन गर्ने संस्कारको शुरुदेखि अन्त सम्म दोलखाको परम्परागत बाजा बजाउने गरिन्छ ।

प्रत्यक जात्राको मूल कथा एउटै भए पनि स्थान अनुसार मनाउने बिधि भने केहि फरक हुनु स्वाभाविक हो׀ अत ः काठमाण्डौमा अलि बेग्लै किसिम ले मनाउने गरिन्छ । उदाहरणार्थ काठमाण्डौमा हात, खुट्टा, टाउको भएको दानबको परालको पुतला बनाइएको हुन्छ । साँझ टोलका मानिसहरु भेला भएर उक्त पुतलालाइ हानेर लडाईन्छ । त्यसपछि दानबको अन्तेष्टी शुरुहुन्छ । एकजना च्यामे केटाले दानबको छोराको रुपमा हिन्दु संस्कार अनुसार दागबत्ति लिएर लासको वरिपरी तीन पटक घुमेर दाग बत्ति दिन्छ ।

त्यसपछि उनलाई मानिसहरुले ठुलो होहल्ला गरेर घाटतिर लैजान्छन र घाटमा उनलाई आगोमा जलाएर बिसर्जन गर्छन । त्यसपछि त्यहा भेला भएकाहरुले बिहान देखि जम्मा गरेको रुपिया आपसमा बाँडछन र रोटि र मिठाई को भोज खान्छन । काठमान्डौमा टोल टोलमा यस्तो जात्रा हुन्छ तर दोलखामा भने पुरा दोलखामा राजकुलेस्वर एक ठाउमा मात्र यस्तो जात्रा गरिन्छ । बाजाको धुन पटक पटक फेर्ने गर्छन ।

अन्धबिस्वास बर्षौ देखिको
यो पर्ब संग सम्बन्धित दुइ अन्धबिस्वास छन् । पहिलो, मानिसहरु सोच्छन कि दानब मरेको भए पनि डरलाग्दो बिरालोको रुप लिएर घर आउँनसक्छ भन्ने अन्धबिस्वास । काठमाण्डौमा घंटाकर्णको रात मानिसहरु आफ्नो घरको ढोका अगाडी जमिनमा खरानीले भयानक चित्र बनाउछन׀ त्यसपछि तोरीको तेल बेसरी गन्ध आउने गरि बाल्छन ।

अतः कथं कदाचित बिरालो आएमा ढोका अगाडी कोरिएको डरलाग्दो चित्र र बालिएको तेलको गन्धले उनीहरुको रक्षा गर्नेछ । दोलखामा भने मारिएको दानबको क्रोधबाट बच्न त्यो दिन मानिसहहरु घरको मूल ढोकामा फलामको बिशेष किसिमको किला ठोक्छन । दोलखा तथा काठमाण्डौ दुवै ठाउमा मानिसहरु त्यो दिन औलामा फलाम, तामा वा पित्तलको औठी लगाउछन । उक्त औठीले घंटाकर्णको रातमा आउने दुष्टात्मा बाट संरक्षण गर्छ भन्ने जनधारणा छ ।

दोस्रो, घंटाकर्णको रात बोक्सीहरु सक्रिय हुन्छन भन्ने अन्धबिस्वास । बोक्सी यथार्थ नभएर मानिसहरुको कल्पना मात्र हो यद्दपी यस्तो बिस्वास विस्व भरि नै वर्षौ देखि हुदै आएको छ । जनश्रुति अनुसार सो रात बोक्सीहरु हातको औलामा बत्ति बालेर पिपलको रुख मुनि भेला हुन्छन र आफ्नो देवताको पुजा गर्छन । पुजा गर्ने बेला उनीहरुले अलौकिक रुप धारण गर्छन । त्यस बेला कुनै मानिसले उनीहरुलाइ देखे भने उक्त मानिस कि त् तुरुन्त मर्छ कि त् पागल हुन्छ ।

दोलखा बस्दा २०२१/२२ साल तिर १०/१२ जना साथीहरू मिलेर बोक्सीहरु पुजा गर्ने निस्कने भन्ने घण्टाकर्णको रात आज बोक्सी समात्ने भनेर राइती (तीन धारा) नीरको पिपल बोटमा बोक्सीहरु पुजा गर्न आउछन् भनेर धाराको पाटीमा लुकेर बसेउ । तर १ घन्टा जति कुर्दा पनि केही नेदेखे पछि जुन्किरी लाई बोक्सीको बत्ती होला भनेर हास्दै अर्को स्थान दुङलमा गयौ । त्यहा पनि १ घन्टा जति कुरेर रित्तो हात फर्केका थियौ । अतः बोक्सी एक मिथ्या नै हो भन्ने पक्का भएको थियो हामिलाइ ׀

दोलखामा अन्य पर्बमा जस्तै गठे मंगल पर्ब मनाउन पनि गुठिको ब्यबस्था गरिएको छ । धण्टाकर्णको दिन गुठि पालो परेको गुठियारले आफ्नो दाजुभाइहरु समेत समाबेश गरेर भिमेस्वर मन्दिरमा पुजाआजा गरेर बोका बलि दिन्छ र दोलखाका जात्राहरुको लागि आमन्त्रण गर्छन ׀ यो पर्बको गुठि भने जग्गाको तिरो लिन ब्यबस्था गरिएको दोलखाको ६ थरि मध्ये एक जनाले प्रत्येक वर्ष पाली पालो गर्ने चलन छ ׀ जुन टोलको थरिको पालो हो त्यो टोल को नै पालो मानिन्छ ׀ पहिला तिरोबाट उठेको केहि रकम यो गुठीको लागि दिइन्थ्यो भने हाल तिरो वा कर उठाउने नगरपालिकाले पनि गुठिको लागी केही रकम दिने गर्दछ ׀

उक्त गुठियारले आफ्ना दाजुभाइहरु लाइ बोलाएर भोज खुवाउछ । हुन त् भोज खान नपाईने भएर होला मनिसहरुले यो पर्बलाई त्यति महत्व दिएको पाईंदैन । तर यो पर्ब यति महत्वपुर्ण छ कि दोलखामा वर्ष भरि मनाइने चाड पर्बहरु यहि पर्ब पछी आरम्भ हुन्छ ׀ त्यहि भएर गुठियारले भीमेश्वर मन्दिरमा पुजाआजा गरेर बोका बलि दिएर दोलखाका जात्राहरुको लागि आमन्त्रण गरेको हो ׀ यसको भोलि पल्ट देखि नै दोलखा को दसैँ पछी को ठुलो चाड र लामो गुलना वा “गुःला जात्रा” शुरु हुन्छ ।

घण्टाकर्णको भोलिपल्ट देखि दिउँसो अनी राति लाखे नचाउँन शुरु हुन्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!