Search

कल्पना मभोग ध्यान

कल्पना मभोग ध्यान

आचार्य श्री ओशो अखण्ड
कुनै सुन्दरी युवतीलाइ देखेर नजाने, मन किन ऊ तिर आकर्षित हुन्छ ? म सत्तरी बर्ष पुगि सकें, तर पनि मनमा यस्तो किन हुन्छ मैले के गर्न प¥यो ? कृपया, मार्ग – निर्देशन पाऊँ ।
जागेर आफ्नो मनमा दबिएर रहेका बासनाहरुको अन्तदर्शन गर्न पर्छ । अब नदबाऊ, कम से कम अब त नदवाऊ । अहिले सम्म दबायौ, त्यसकै दुष्परिणाम हो, अब यस प्रति ध्यान गर । किनकि अब त उमेरले पनि दिदैन कि तिमी स्त्रीका पछि दौडी रहु । यो कुरा राम्रो पनि हुने छैन ।
अब जुन जीवनमा हुन सकेन त्यसलाई ध्यानमा उतार । अब हरेक दिन एक घण्टा आँखा बन्द गरेर कल्पनालाई दौडन खुला छोड, मनले कुनै पापमा लैजाओस् त लान देऊ । तिमीले नरोक, तिमी साक्षी भावमा रहेर हेर कि यस मनले जे जे गर्दैछ – तिमी हेरि रहु मात्र । शरीरद्धारा जुन पूरा गर्न सकेनौ, त्यो मनद्धारा पूरा हुन देऊ ।

तिमी नियमपूर्वक प्रत्येक दिन काम वासनाको लागि एक घण्टा ध्यानमा लगाऊ । आँखा बन्द गर अनि तिम्रा मनमा जस्ता जस्ता कल्पनाहरु उठ्दछन्, सपनाहरु आउँदछन्– जुनलाई तिमीले अवश्य यस भन्दा अगाडि दवाएका थियौ – ति सवलाई प्रकट हुन देऊ । न आत्तिय, किनकि तिमी एक्लै छौ । कसैका साथमा कुनै पाप गरि रहेका पनि छैनौ । कसैलाइै कुनै चोट पु¥याएका पनि छैनौ । कसैप्रति कुनै अभद्र व्यवहार पनि गरेका छैनौ … न कि कुनै केटीलाई एकटक हेरि (घुरी) रहेका पनि छैनौ । तिमीले त केवल आफ्नै कल्पनालाई नै घुरी रहेका छौ ।

तर पूर्णरुपमा क्र्वाक्र्वाति हेर्नु नि यसमा कञ्जूसी नगर्नु । मनले भन्नेछ कि “ अरे ! यस उमेरमा पनि यस्तो के गर्दछौ ?’’ मनले धेरै पटक भन्नेछ कि “यो त पाप हो । नगर । शान्त रहु, कस्तो दुर्विचारमा परेको ’’ । तर त्यस मनको कुरा नसुन्नु – भन्नु कि यसै ध्यानको लागि एक घण्टा जति छुट्याएको छु त्यस स्त्रिलाई जे जस्तो बनाउन सक्दछौ, बनाऊ । यस एक घण्टा जति स्त्रीलाई सुन्दर बनाउन सक्दछौ, बनाऊ । यस एक घण्टा जति “कल्पना – भोग” मा डुब्न सक्छौ, डुब । अनि साथ – साथै पछाडि पट्टि उभिएर हेर्दै पनि रहनु कि मनले के –के गर्दाे रहेछ – बिना रोक –तोक, हेरि रहु ।

यसममा कुनै पाप भएको छ वा अपराध भएको छ भनेर त्यसतिरको चिन्ता नै नलिनु । त चाँडै नै, तीन–चार महिनाको निरन्तर प्रयोग पछि हल्का हुने छौ, मनबाट धुँवा निक्लने छ । तब तिमी अचानक पाउने छौ कि बाहिर केटीहरु छन्, तर तिम्रो मनमा तिनलाई हेर्ने कुनै आकांक्षा हुने छैन । अनि जब तिम्रो मनमा कसैलाई हेर्ने आकांक्षा रहने छैन तब मानिसको सौन्दर्य प्रकट हुनेछ ।

वासनाले त अन्धो गराइ दिन्छ, सौन्दर्य देख्न कहाँ दिन्छ र ! वासनाले कहिल्यै सौन्दर्य जान्यो र वासनाले त आफ्नै सपना फैलायो वासना दुष्पुर छ, त्यसको कुनै अन्त नै छैन ।

तिमी चकित हुनेछौ , यदि तिमीले एक वा दुई महिना मात्र पनि यस प्रक्रियालाई बिना कुनै अवरोध, भित्र उठायौ, विना कुनै अपराध–भाव, निश्चित मनले ग¥यौ त तिमी अचानक पाउने छौ कि धुवां झैं भएर सबै कुरा हराएर, बिलाएर गएका हुनेछन् ।

दुई–तीन महिना पछि तिमी पाउने छौ, तिमी बसी रहेका छौ, घण्टौ बित्दछ, तर तिमीमा कुनै कल्पना आउदैन ! कुनै वासना उठ्दैन !
भगवान श्री परमगुरु ओशो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!