Search

काठमाडौंमा अवतरण हुनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

काठमाडौंमा अवतरण हुनुपर्ने जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

बाँपीझ्याला, काठमाण्डौं । जजिरा एयरको जहाज मौसम खराबी आउँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुपर्ने सो जहाज कुवेतबाट काठमाडौँको उडान भरेको थियो ।

जहाज मंगलबार भैरहवामा अवतरण गरेको हो । जजिराको जे नाइन ५४१ को जहाज आज बिहान ४ बजेर २२ मिनेटमा भैरहवामा अवतरण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मौसम सफा भएपछि उक्त जहाजले बिहान साढे ६ बजे काठमाडौँका लागि उडान भरेको थियो । जहाजले बिहान करिब ६ः५० मा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गरिसकेको छ ।

नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा निर्मित गौतमबुद्धमा अन्तर्राष्ट्रिय जहाज डाइभर्ट भएर आएको यो पहिलो घटना हो । गौतमबुद्ध बन्नुअघि अन्तर्राष्ट्रिय उडानका जहाज डाइभर्ट हुनुपर्ने अवस्था आएमा भारतका विमानस्थलको भर पर्नुपर्थ्यो ।

गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड निर्माणमा ७४ प्रतिशत प्रगति हासिल, ३२ पक्की पुल निर्माणाधीन
काठमाडौं । गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन्

सूर्या लाइफको प्रदेश स्तरिय विजनेस बिल्डिङ सेमिनार सम्पन्न, २५ जना अभिकर्तालाई सम्मान
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले बागमति प्रदेश स्तरिय विज्नेस बिल्डिङ सेमिनार सम्पन्न गरेको छ ।

प्रतिनिधिसभामा मल छलफल, सांसदले भने ‘मल आजै चाहियो, अहिल्यै चाहियो’
काठमाडौं । मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा

विमानस्थल निर्माणका लागि स्याङ्जा र पाल्पामा सम्भावित स्थानको अध्ययन, प्राधिकरणको टोलीबाट अवलोकन
काठमाडौं । विमानस्थल निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले आइतबार स्याङ्जा र पाल्पाका सम्भावित स्थानको अवलोकन

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment