Search

जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क

जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क

२५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिए । उनले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गरे ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि निःशुल्क परीक्षण गरिएको छ । प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पीसीआर परीक्षण गर्ने गरेको बताए ।

तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment