दोलखा जिल्लाको दोलखा शहरमा एकमात्र घरेलु उद्योग थियोे करीब आजभन्दा साँढे ४ दशक अगाडि । जहाँको त्यतिबेलाको वातावरण कर्मशील देखिन्थ्यो । खेतहरू हराभरा हुन्थ्यो, बारी करेसाबारीमा कुनै न कुनै तरकारी उब्जेकै हुन्थ्यो, कसै न कसैको हातमा ज्यावल र हतियार खाली हुदैनथ्यो । त्यसैमध्येमा एकजना परिश्रमी व्यक्ति जसको हातमा कार्यालय समयमा कि त फाइल हुन्थ्यो कि त हातमा गज हुने गथ्यौं । अनि घ¥यासी समयमा बिहानै हातमा कोदाली वा हँसिया हुने गथ्यौ । कहिल्यै नथाक्ने र कहिल्यै नहाँस्ने तर आफू रोएर अरूलाई हँसाउन माहिर हुने गथ्यौ, त्यही व्यक्ति हो सुरेन्द्र मान जोशी जसलाई हामीले भक्ति दाइको नामले चिन्ने गर्दछौं ।
तत्कालिन दोलखा गाउँ पञ्चायतको भवनबाट उत्तरतर्फ हालको भीमेश्वर नगरपालीका वडा नं. २ बगर्छें टोलका जमदार बा स्वर्गीय मान बहादुर जोशीका कान्छो सुपुत्र हुन उनै भक्ति दाइ । जसको जीवनको एक कालखण्डमा अक्षर जानेर पनि कुरा बुझेर पनि शोषित जीवन व्यतीत गर्नुपरेको थियोे । कारण थियोे आर्थिक भारको कमि । बुबा मान बहादुरको मृत्यु हुनेबेलामा किरिया गर्दागर्दैको बेलामा खाली कागजमा ल्याप्चे लगाएर किरिया कर्म चलाउन हात फैलाउनु परेको थियो भक्ति दाइले शोषणको दयालाग्दो वचन वाणीमा ।

उनै भक्ति दाइ जसले पहिले आफूले सिलाइ कटाइ प्रशिक्षणमा जाँदा त्यही घरेलुमा नाम दर्ता गर्दाको अवस्थालाई सम्झेर त्यो स्वर्ग जस्तो धरातलमा त्यस्तो पापको भारी बोक्ने दयालु भनाउँदाहरूको पनि जन्म हुँदोरहेछ भनेर सम्झनुहुन्छ हिजोआज । त्यही दोलखाको घरेलुमा प्रशिक्षण तालिम लिनको लागि नाम दर्ता गर्दा भोग्नुपरेको तीतो यथार्थ सुनाउनु हुन्छ ।
स्वर्गीय इला बहादुर श्रेष्ठद्वारा स्वीकार गरेर अभिभावकको रूपमा रहेर दस्तखत गरिदिनु भएकोमा उहाँले जीवनमा भगवान नै भेट्टाउनू भएको महशुस गर्नुहुन्छ ।
दोलखाको घरेलुु तथा साना उद्योग कारखानामा प्रशिक्षणमा भर्ना हुनकोलागि अभिभावकको जरुरत परेको बेलामा दोलखाकै शाखा अधिकृत र खरदार सुब्बाहुनेहरू कसैलेपनि अभिभावकत्व गर्न नचाहेकोमा अत्यन्तै दुःख लागेको त्यो क्षण उहाँ बिर्सन सक्नुहुन्न । यस्तो बेलामा घण्टी बजाउने अन्तिम बेलामा सोही स्थान बस्ने स्वर्गीय इला बहादुर श्रेष्ठद्वारा स्वीकार गरेर अभिभावकको रूपमा रहेर दस्तखत गरिदिनु भएकोमा उहाँले जीवनमा भगवान नै भेट्टाउनू भएको महशुस गर्नुहुन्छ ।
तत्कालीन समयमा त्यही दोलखाको घरेलुमा अधिकांश ठूल्ठूला तहमा दोलखाली नेवार अग्रजहरूकै वर्चश्व थियो । बाहिरबाट आएका अधिकांशले दोलखावासीलाई साहुजी भनेर सम्बोधन गर्ने गर्थे । त्यतिबेला आजको जस्तो गणतन्त्र र लोकतान्त्रिक पद्धतिको चर्चा छँदै थिएन । शासन पद्धतिमा पंचायतकै हालीमुहाली भएकोले प्रधानपञ्चलाई गाउँको राजा सरह नै मान्थे, झन् सिडिओ भन्ने व्यक्ति त ठूला राजाकै रूपमा हेर्ने गर्थे, देशको राजा त झनै महाराजा नै हुने भयो ।
यस्तो बेला थियोे कि उनै भक्तिदाइले खेताला जाँदा र यताउता फुर्सदको क्षणमा राजा महाराजाको कुरा गर्नुहुँदा ठूलाठूला रुख चढ्नुमा, माथि आकाश छुनमा, बडेमानको पत्थर फोड्नुमा राजाले मात्रै गर्नसक्ने कुरा गर्नुहुन्थ्यो । हामी सानै थियौं, अनि कल्पना गरिन्थ्यो कि ती महाराजा भन्ने कस्तो अजीबको होला भनेर । सुरेन्द्र मान जोशी भनेर चिनिएको नाम त निकै पछि हो । पहिले त उहाँको भक्ति नै थियो । भीम पब्लिक हाइस्कूलमा पढ्नेहरू धेरैजसोको नयाँ नाम न्वारान गरिदिनु हुने गुरु राम बहादुर सर पर्नु भएछ, जस्तो कि हरिलाई श्याम, बलरामलाई प्रायश्चित, राम बहादुरलाई शरण कुमार जस्तै अरूलाई पनि । त्यस्तै उहाँ पनि भक्तिमान जोशीबाट सुरेन्द्र मान जोशी बन्नुपरेको हो ।
भक्ति दाइको अनुहारमा चिन्तित भावका रेखात्मक आकृति कहिल्यै देखिएको याद छैन, र हाँसोका तरंग पनि तर आफ्नो पीडालाई लुकाउन अरूलाई हँसाउनु हुन्थ्यो । अप्रत्याशित प्रेमको भावना जगाउन पनि उहाँ माहिर हुनुहुन्थ्यो । छिमेकी महिलाहरूसंग अनभिज्ञ तरिकाले जिस्किनु उहाँको छुट्टै विशेषता भन्दा फरक नपर्ला । जसको फलस्वरूप हाम्रै छिमेकी मितिनी आमाको छोरी सेती दिदीसंग उहाँको लगनगाँठो कसिएको थियो । यी त भए २०२८ सालभन्दा अगाडिको कुरा ।
यसै गरी २०२९ साल देखि २०३१ साल सम्म घरेलु तालिममा व्यस्त भएर लोकसेवाको परीक्षामा उत्कृष्ट हुनुभएको थियो, यसपछि उहाँ अझै उच्च प्रशिक्षणका लागि जापानमा तालिम लिन जानुभएको थियोे । साथै अन्य देशहरूमा गएर पनि विभिन्न पोशाक सम्बन्धि तालिम प्राप्ति पछि नेपाल घरेलु तथा साना उद्योग त्रिपुरेश्वरमा प्रमुख प्रशिक्षक अधिकृतको रूपमा रहेर ३५ वर्ष सम्म सेवारत हुनुभएर २०६६ सालमा अवकाशप्राप्त गर्नुभएको हो ।
उहाँको सेवाको कार्यकालमै २०४६ सालमै काठमाडौंको पकनाजोल पिपुल्स क्याम्पस छेउमा आफ्नो छोरीको नामबाट स्मृति बुक्स एण्ड स्टेसनरी सेन्टर खोल्नु भएर कार्यकारी र व्यापारी जीवन व्यतीत गर्नुभएको हो । सो पसल पकनाजोलमा २० वर्ष सम्म चलाउनु भएको भक्ति दाइले त्यत्ति मेहनत गर्दा पनि आधा रकम तिरेर आधा रकम बाँकी राखेर जग्गा जोड्नुभएको रहेछ । दोलखाकै गण्यमान्य आफन्त अक्कल बहादुर मामा लाजिम्पाटमा आन्तरिक राजस्व विभागमा अधिकृत भएकोले लाजिम्पाटमै घर बनाएर बस्नु भएको थियो । उहाँकै दिशानिर्देश अनुसार नै भक्ति दाइले जग्गा उपलब्ध गरेर बासस्थानको व्यवस्था गरिएको अतीत सुनाउनु हुन्छ हिजोआज ।
भीम पब्लिक हाइस्कूलमा पढ्नेहरू धेरैजसोको नयाँ नाम न्वारान गरिदिनु हुने गुरु राम बहादुर सर पर्नु भएछ, जस्तो कि हरिलाई श्याम, बलरामलाई प्रायश्चित, राम बहादुरलाई शरण कुमार जस्तै अरूलाई पनि । त्यस्तै उहाँ पनि भक्तिमान जोशीबाट सुरेन्द्र मान जोशी बन्नुपरेको हो ।
२०६६ सालमा पूर्ण अवकाशप्राप्त भएपछि त्यही दिनको भोलिपल्ट देखि नै छोरी स्मृतिकै नाममा स्मृति डिजाईनिङ्ग टेलर्स एण्ड ट्रेनिङ सेन्टर खोल्नुभएको हो, जुन अद्यपि छँदैछ । भक्ति दाइ अघिपछि मात्रै अरूलाई हँसाउने प्रवृत्तिका व्यक्ति होइनन् । उहाँले २०२८ सालमा ’बसाइँ’ नाटकमा लेउटे दमाईको भूमिकामा सक्दो हँसाउनु भएको छ साथै गरीबी जीवनको जिवन्त अभिनय गर्नु भएको हो । सोही नाटकमा पुरान्छें निवासी स्वर्गीय मोहन कृष्ण श्रेष्ठ रिकुटे “लाहुरे” चोक बहादुर दाहाल सर ’धन बहादुर’ को भूमिकामा अनि चरिकोट निवासी ज्वाला श्रेष्ठले धनेकी छोरीको भूमिकामा देखा परेका थिए ।
त्यतिबेलाको समयमा नाटक प्रदर्शन गर्ने दिन ज्वालालाई घरबाट नपठाउने भन्दा त झण्डै कार्यक्रम नै भताभुंग भएको भनेर आफ्नो अतीत बताउनु हुन्छ । जे होस् जीवनमा उतारचढाव अनेकौं आउनसक्छ, अरू दगुरेर सिमाना छोयो भनेर निरास हुनुहुन्न, ढिलाइ भएपनि त्यो ठाउँमा पुग्न कसरत र परिश्रम गर्नुपर्छ, “फलानो त कत्ति धनी है” भनेर अरूको चियो गर्न छाडेर आत्मसन्तुष्टि बनेर अघि बढे अवश्य लक्षमा पुगिन्छ भन्ने उहाँको दीर्घकालीन सोच र उत्तम भावनालाई आत्मसात् गरौं भन्ने प्रण गरौँ ।
अन्तमा बाँपिझ्याला अनलाइन मिडियाले दोलखाको नेवारी भाषा, संस्कृति र परम्परालाई दिगो र निरन्तरताको कदम चालेकोमा आफू अत्यन्तै प्रसन्न रहेको र यो कदम नरोकियोस् सबैको मनमा छाउन सफल होस् भन्ने उहाँको शुभकामना सन्देश सहित यो स्मरणीय उद्गारको अन्त गरियो ।
अस्तु ।