Search

जब दोलखाको द्वाल्खा नरोला !

जब दोलखाको द्वाल्खा नरोला !

-बालकृष्ण ‘पासा’

जब तन यो दोलखामा होला
जब भूमि संस्कृतिमय होला,
जब पाटो सदाबहार होला,
जब माटोमा स्वच्छन्द होला !

यो मनमा त्यतिबेला आनन्द होला,
जब दोलखाको द्वाल्खा नरोला !

यो मन त्यति खेर अति प्रसन्न होला,
डलर देख्ने आँखाले धरातल देख्ला,
विदेश पलायनवालाले पाइलो टेक्ला,
प्रतिस्पर्धीहरूले घमण्डीपन छोड्ला,

ओँठमा मुस्कान त्यतिबेला होला,
जब दोलखाको द्वाल्खा नरोला !

भरियाले धर्तिको मर्म जब सुन्ला,
कर्मीले बाँझोको अस्तित्व बुझ्ला,
यही धर्ती हरभराको सपना बुन्ला,
अनि विकासले शिखर नि चुम्ला !

हृदय गदगद त त्यतिबेला होला,
जब दोलखाको द्वाल्खा नरोला !

कालिज, मुनालको रक्षा जब गर्ला,
लालीगुराँस चिमालमा आँखा पर्ला,
आफ्नै परिश्रमले खोला नदि तर्ला,
सक्कली बिउहरू ती फाँटमा छर्ला !

अनिमात्र मनभित्र पीडा नहोला,
जब दोलखाको द्वाल्खा नरोला !
…………………………………………
भीनपा -२, द्वाल्खा,
हाल, काठमाडौं

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment