Search

किसान समस्याको भूमरीमा ,मन्त्री एनजिओका कार्यक्रममा

किसान समस्याको भूमरीमा ,मन्त्री एनजिओका कार्यक्रममा

पुस ९ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानको धान बिक्री भइरहेको छैन । न त धान डुबान पीडित किसानले क्षतिपूर्ति पाउन सकेका छन् । गहुँ उम्रिएर मल हाल्ने बेला भएपनि किसानले मल पाउन सकेका छैनन् । नेपाली किसान समस्याको भूमरीमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव दिनका दिन एनजिओका कार्यक्रममा व्यस्त छन् ।

एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियनलगायतले बुधबार जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए । कार्यक्रमको नाम किसान भेला दिइए पनि किसानका नेता तथा एनजीओकर्मीहरुको बोलवाला थियो ।

मंगलबार नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एशोसिएशन (नेम्भला) ले आयोजना गरेको कार्यक्रममा सहभागी थिए कृषि मन्त्री यादव । मन्त्रालयका एक सहसचिवले भने, ‘मन्त्रीज्यूलाई कार्यक्रमहरुबाट फुर्सद नै हुँदैन, अनि मन्त्रालयको काम कसरी अगाडि बढोस् ।’

बुधबार जनकपुर पुगेका मन्त्री यादव आगामी आइतवार मात्र मन्त्रालय आउने उनको निजी सचिवालयले जनाएको छ । मन्त्रालयमा थुप्रै फाइल पेन्डिङमा छ तर मन्त्रीको प्राथमिकतामा एनजिओको कार्यक्रम परेको छ । मन्त्रालयका एक कर्मचारीले भने, ‘उहाँ (मन्त्री) असोज २२ गते कृषि मन्त्रीमा नियुक्त हुनुभयो । तर मुस्किलले एक महिना मन्त्रालयमा बस्नु भएको होला ।’

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!