Search

आइकोर फिल्मस्ले ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि प्रदर्शनमा ल्याउने

आइकोर फिल्मस्ले ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि प्रदर्शनमा ल्याउने

पुस ८ ,बाँपीझ्याला,काठमाडौँ । नेपाली फिल्म मेरो लभस्टोरी, मेरो एउटा साथी छ र इन्टुमिन्टु लन्डन निर्माण गरेको आइकोर फिल्मस्ले विदेशी फिल्म वितरण थालेको छ । कम्पनीको वितरणको सुरुवातमा हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै फिल्मको वितरण सुरु गरेको जानकारी दिएको हो । हलिउडको म्याट्रिक्स सिरिजकै पछिल्लो श्रृंखला रहेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । श्रृंखलाको पछिल्लो फिल्म द म्याट्रिक्स रिभोलुसन सन् २००३ मा रिलिज भएको थियो । बानेश्वरमा वान सिनेमाज् मल्टिप्लेक्समार्फत फिल्म प्रदर्शकमा समेत जोडिएको आइकोरले भेनिस र टोरन्टो फिल्म फेस्टिभलमा प्रिमियर गरिएको र अवार्ड जितेको चर्चित छोटो फिल्म दाद्या पनि निर्माण गरेको थियो । आइकोरकै फिल्म ‘आइएम ट्वान्टी वान’ रिलिजको तयारीमा छ ।

आइकोर प्रालि तथा वान सिनेमाज् निर्देशक प्रज्वल जबराले म्याट्रिक्स सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौंथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिने तथा दर्शकलाई नोस्टाल्जिक ९विगतलाई लिएर भावुक तुल्याउने० बनाउने बताए ।

साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा राखिएको फिल्मलाई लाना वाचाओक्सीले निर्देशन गरेकी हुन् । हलिउडमा पछिल्लो समय भिजिनरी निर्देशक मानिने लाना निर्देशित यो फिल्मको मुख्य भूमिकामा रहेका कलाकारहरु रिभ्स र मोस क्रमशः दुई चर्चित पात्रहरु नियो र ट्रिनिटीको भूमिकामा देखिएका छन् । वार्नर ब्रोज पिक्चर्स स्टुडियोको प्रस्तुति रहेको फिल्मलाई भिलेज रोड सो पिक्चर्सले निर्माण गरेको हो

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment