Search

गाडी, चालक र ट्राफिक ! ?

गाडी, चालक र ट्राफिक ! ?

तीतो सत्य !
पुलिस भन्नासाथ नेपाली जनमानसमा कुटपिट गर्ने, अनाहकमा दुःख दिने, बेकारमा गाली गर्ने, जबर्जस्ती अपराधी कबुल गराउने, शंकाको भरमा लगेर सजाय दिलाउने जस्तो नकारात्मक धेरै कुराको अनुमान गर्ने गर्ने गरेका छन् । होला पनि कुनै ठाउँबाट गलत सूचना सम्प्रेषण हुँदा नहोला भन्न सकिन्न र सबै पुलिस एकै खालका पनि हुँदैनन् ।

पुलिसमा पनि दंगा प्रहरी, सशस्त्र प्रहरी, सुरक्षात्मक प्रहरी, निगरानी प्रहरी, लट्ठी घुमाउने प्रहरी, सिट्ठी फुक्ने प्रहरी, घाम ताप्ने प्रहरी यस्ता धेरै प्रहरी छन् । त्यसमध्ये सिट्ठी फुकेर चर्को घाम, अविरल वर्षा, चिसो सिरेटो, आँधि हुरी, चट्याङ केही नभनी खटिने प्रहरी हुन् ट्राफिक प्रहरी । जसले प्रकृतिसंग मात्रै जुझ्ने होइन कि मानिसको संकीर्ण प्रवृत्ति संग पनि जुध्नुपरेको छ । धुलो, हिलोलाई खजाना बनाएर तैपनि जस पाउन्न ।

एकथरि गाडीलाई दुःख दिने शत्रुको रूपमा हेर्छन् भने अर्को थरि बिना प्रमाण नै घुस्याहाको संज्ञा दिन्छन् । तर आफ्नो गल्ती देख्दैनन् सार्वजनिक सवारीचालकहररूले । आफू जबर्जस्ती साइड मिचेर गाडी कुदाउँछन्, तोकिएको स्थानभन्दा बाहिर पनि मान्छे चढाउँछन्, जथाभावी ओभरटेक गर्छन्, स्टेयरिङ, गियर, क्लचको भरमा गाडी थामथुम गरेर चलाउँछन् । गाडीको अवस्था नाजुक हुँदा पनि कालो टेपले बेह्रेर आँखा चिम्लेर गाडी चलाउँछन् अनि उनीहरू नै यात्रुलाई थर्काएर पैसा असुल्छन् । त्यो पनि फिर्ता नदिकन ।
यसो ट्राफिकलाई निवेदन गर्यो भने उल्टो वचन लाउँछन्, अनि ट्राफिकले आफ्नो कर्तव्य निभाएर कागजपत्र माग्यो भने “दशैं मान्न थाल्यो” तिहार खर्च उठाउन लाग्यो, नयाँ वर्षमा तुर्क्याउन होला नि…’ भनेर अपजस र अनर्गल कुराहरू ओकल्न थाल्छन् ।

आफू सही बाटोमा हिंडियो भने सडकमै तेर्सिएर त अवरोध गर्दैन होला नि गाँठे ट्राफिक प्रहरीले । अझ अलिक सोझो खालको प्रहरी देखे भने त सिन्को ठान्दैनन् गाडी चालक होस् या भटभटे भद्रहररू…! ?
आज गोंगबुमा त्यस्तै घटना घट्यो, एउटा महासागर यातायातको बसको चालकले ट्राफिक प्रहरीलाई नै हातपात गर्न खोज्यो, जबकि उ संग न त बिलबुक थियो न लाइसेन्स नै, कलंकीदेखि छल्दै आएको सो बसको कागजपत्र पहिले नै अन्यत्र चेक जाँचमा परेर जफत भैसकेको रहेछ । रसिद पनि मोबाइलले खिचेर राखेको अवस्थामा सो गाडी चलाइएको पाएपछि एकजना ट्राफिक प्रहरीले सोधपुछ गरेर कागजात माग्न खोज्दा उल्टै धम्काएर धकेलेर निहुँ खोज्न थालेको देख्नेहरू धेरै थिए । सोही बसमा म पनि थिएँ । एकातिर ट्राफिक संग चालकले विवाद गरेको छ, अर्कोतिर सहचालकले यात्रुसंग पैसा उठाएर मात्रै झार्ने नियत राखेपछि त्यहाँ दोहोरो विवाद हुन थाल्यो । यस्तो अवस्थामा के चालकलाई बहादुरको संज्ञा दिएर सलाम ठोक्ने त ? यस्ता खालका चालकलाई त दह्रो नसिहत मात्रै होइन कि सेवा नै अवरुध्द हुने सजाय दिँदा पनि फरक नपर्ला !

जसले कानुनन सेवा गर्दैनन्, व्यावहारिक रूपमा ती चालकहरूलाई छुट दिनु कानुनी कमजोरी सिद्ध हुन्छ । उनीहरूले जे गर्दा नि हुने अनि केही नियमसंगत कार्वाही गर्न थाल्यो भने संघ संगठन उठेर हडताल गर्ने अनि नागरिकहरूलाई दोहोरो सजायँ दिलाउने ?

काठमाडौं उपत्यका भित्र चल्ने ३५% गाडीको अवस्था बाहिर रंग लगाएर टिलिक्क टल्केको देखिए पनि भित्र गाडीको अवस्था हेर्दा न किलोमिटर देखाउने मीटर घडी चलेको हुन्छ, न तारहरूको अवस्था सही ठाउँमा छ, सिटमा छिरेपछि खुट्टा गोडा समेत खुम्च्याउन चलाउन नहुने गरि बनाएको हुन्छ, माइक्रोमा १२ जनाको क्षमतामा १७–१९ जना सम्म कोचेका हुन्छन् । यस्तो अवस्थामा चाहिँ ट्राफिक प्रहरीको पनि कमजोरी देखिन्छ । ती प्रहरीले सडकमा गुडेका बाहिरी अवस्था मात्रै होइन गाडी भित्रको अवस्था र यात्रुको हालतलाई पनि मध्यनजर गर्नु अत्यन्तै जरुरी छ ।

बालकृष्ण श्रेष्ठ “पासा” बाँपीझ्याला डटकम, सह–सम्पादक

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!