Search

हजुरको आजको दिन, २०७८ मंसिर १० गते, शुक्रवार, २६ नाेभेम्बर २०२१

हजुरको आजको दिन, २०७८ मंसिर १० गते, शुक्रवार, २६ नाेभेम्बर २०२१

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्नेछ र सहयोगीहरू पछि हट्नेछन्। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताएको दाम नउठ्न सक्छ। मिहिनेतले काम बनाउन सकिनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। मानसम्मानमा पनि आघात पुग्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। शुभचिन्तकले मात्र साथ दिनेछन्। मिहिनेत गर्दा नयाँ काम र सामान्य प्रतिफल प्राप्त हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्नेछ। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा तत्काल लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने समय छ। सञ्चित धनको उपयोगबाट पनि विशेष फाइदा मिल्नेछ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ। सहयोगीबाटै गोपनीयता बाहिरिन सक्छ। व्यावसायिक चुनौती पन्छाउन निकै मेहनत गर्नुपर्ला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन्, सजग रहनुहोला।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। चुनौतीपूर्ण कामको दायित्व लिनाले न्यून सफलता मात्र प्राप्त हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। तापनि शुभचिन्तकहरूको साथ प्राप्त हुनाले पछिलाई फाइदा हुनेछ। नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

केही खर्च लागे पनि मनोरञ्जनको समय छ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्नेछ। तर बलजफ्ती गर्दा समस्या आउन सक्छ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित हुनेछ। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। पहिले दुश्मनी गर्नेहरू मित्रताका हात अघि बढाउन आउनेछन्।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यमा देखिएको कमजोरीले काममा बाधा हुनेछ। पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। पढाइलेखाइमा धेरै समय दिन नसकिएला। व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। समस्या देखिए पनि धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment